Logo
७ बैशाख २०८१, शुक्रबार
(September 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली कांग्रेसबाट बिद्रोह गर्दै नयाँ मजदुर केन्द्र समिति घोषणा

दुहवी/ सुनसरीको दुहवीमा नेपाल ट्रेड यूनियन कांग्रेसबाट बिद्रोह गर्दै मजदुर नेताहरुले १७ जनाको केन्द्रिय समिति रहँनेगरि नयाँ ट्रेड यूनियन घोषणा गरेका छन । समितिको बरिष्ठ उपाध्यक्षमा ज्ञानचन्द चौधरी, महासचिव हरिनारायण तव्दार, सचिवमा रन्जित कुमार चौधरी, कोषाध्यक्ष रामनारायण चौधरी लगायत सदस्यहरु रहेका छन ।

दुहवी पाटी प्यालेसमा शनिवार नेपाल औधोगिक श्रमिक ट्रेड यूनियन राष्ट्रिय समितिको घोषणा सभा समपन्न भएको हो । घोषणा सभालाइ सम्बोधन गर्दै नेपाल औधोगिक श्रमिक ट्रेड यूनियनका केन्द्रिय अध्यक्ष सुरेश कुमार भगतले मजदुरहरुको हक हितकालागि लागिपर्ने जनाए ।
नेपाल ट्रेड यूनियन कांग्रेसमा योगदान गर्नेहरुलाइ पाखा लगाएर ठुला नेताहरुले आफुखुसी गर्न थालेपछि स्वतन्त्ररुपमा नेपाल औधोगिक श्रमिक ट्रेड यूनियनको स्थापना गर्नु परेको अध्यक्ष भगतले जनाए । नेपाल ट्रेड यूनियन कांग्रेसका मजदुर नेताहरुले मजदुरहरुको हक हितकालागि काम गर्नुको साटो ठुला–ठुला व्यवसायि र उद्योगीहरुसँग मिलेमतो गरि मजदुरहरुको भविश्यसँग खेलवाडगरि आफ्नो जिवन यापन सुकिला मुकिला गर्नतिर लागेको र यतिमात्र न भएर मजदुरहरुको समस्यालाइ वेवास्ता गर्दै लाखौं खर्च गरेर विदेश यात्रामा जाने गरेको बताए ।

देशैभरिका कतिपय मजदुर नेताहरु आफ्नो स्थान सुरक्षित गर्नकालागि जव सेन्टर चलाएर उद्योगी र मजदुरसँग कमिसनको खेल गरि रहेको उनले बताए । घोषणा सभाका प्रमुख अतिथि १ नम्वर प्रदेश सभा सदस्य चुमनारायण तव्दारले शुभकामना मन्तव्य दिनुहुँदै विभेद गरेपछि विद्रोहको अवस्था श्रृजना हुँने बताउँनु भयो । नेपाल औधोगिक श्रमिक ट्रेड यूनियनका बरिष्ठ उपाध्यक्ष ज्ञानचन्द चौधरीले सुनसरी–मोरङका १३ ओटा कारखाना इकाइ समितिले आधिकारिक प्रमाण पत्रनै परिवर्तन गरि श्रमिक ट्रेड यूनियनमा आवद्ध भएको बताए । सुनसरी–मोरङ औधोगिक करिडोरमा रहेका हजारौ मजदुरहरुलाइ अहिले सम्मपनि नेपाल सरकारले तोकेको न्यून्तम पारिश्रमिक न दिइकन चरम श्रम
सोषण गरेतापनि सुनसरी–मोरङका ठुला ठुला मजदुर नेताहरु उद्योगका मालिकहरुसँग मिलेर कमाउ धन्दामा लागेको उनले बताए ।

श्रमिक ट्रेड यूनियनका महासचिव हरिनारायण तव्दारले नेपाली कांग्रेसबाट निर्वाचित केहि प्रदेश सभा सदस्य,नगर प्रमुख तथा गाउँपालिका अध्यक्षलाइ बिशिष्ठ अतिथिको रुपमा निमन्त्रणा गर्दापनि मजदुरहरुलाइ प्रोत्साहित गर्नुको साटो निरुत्साहित बनाएको भन्दै आक्रोस पोखे । उनले भोटको राजनिति गरेको भन्दै मजदुरहरुले भोट माग्न आउँदा बहिस्कार गर्ने समेत चेतावनी दिए ।

प्रकाशित मिति: Sep 14, 2019

प्रतिक्रिया दिनुहोस्