Logo
१३ बैशाख २०८१, बिहीबार
(September 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एपीएफ टोलीद्वारा कटुवा पेस्तोल तथा गोलीसहित पक्राउ

धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका २५ स्थित लोहनाबाट गएराती मध्यरातमा करीव साढे १२ बजे एपीएफ टोलीले एउटा कटुवा पेस्तोल तथा ७.६२ मि.मि. को दुई वटा गोलीसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको धनौजी गाउँपालिका २ बस्ने अन्दाजी ३२ बर्षिय मनिष मिश्र छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश जनकपुरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

सोही जिल्लाको लोहनाबाट धनौजीतर्फ साइकलमा जाँदै गरेका निज मिश्रलाई गस्तीमा खटिएको एपीएफ टोलीले जाँच गर्दा उनको साथमा उल्लेखित कटुवा पेस्तोल तथा गोली फेला परेपछि पक्राउ गरिएको हो ।

एपीएफ टोलीले पक्राउ परेका मिश्रलाई बरामद हतियार तथा गोलीसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाएको छ ।

प्रकाशित मिति: Sep 14, 2019

प्रतिक्रिया दिनुहोस्