Logo
११ बैशाख २०८१, मंगलबार
(September 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साम्राज्ञी भन्छिन् : म र श्रद्धा कपूर एउटै रोगबाट पीडित

नेपाली अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफू एन्जाइटीबाट पीडित भएको एक अन्तर्वार्ताका क्रममा बताएकी छिन् । बाली काण्डमा फसेकी साम्राज्ञीले बलिउड अभिनेत्री श्रद्धा कपूरजस्तै आफू यस रोगबाट पीडित रहेको खुलासा गरेकी हुन् ।

श्रद्धा कपूरले आफू विगत ६ वर्षदेखि एन्जाइटीको सामना गर्नुपरेको बताएकी हुन् । भारतीय मिडियाका अनुसार श्रद्धालाई चलचित्र ‘आशिकी २’ पछि एन्जाइटी भएको थियो ।

‘मलाई पीडा भइरहेको थियो तर जाँच गर्दा कुनै पनि बिमार देखिएन, म आफैलाई अचम्म लागिरहेको थियो कि, यो कस्तो पीडा हो,’ श्रद्धाले उक्त अन्तर्वार्तामा भनेकी छिन् । उनले पछि आफूलाई शारीरिक रुपमा एन्जाइटी भएको महसुस गरेको बताएकी छिन् ।

श्रद्धाले अहिले पनि आफू यो समस्या भोगिरहेको तर पहिलेभन्दा ठीक भएको उनको भनाइ छ । उनले भनेकी छिन्, ‘तपाईं को हो र कुन कुराको पक्षमा हुनुहुन्छ भन्ने चाहिँ बुझ्न सक्नुपर्छ ।’

साम्राज्ञीले पनि अन्तर्वार्ताका क्रममा आफू लामो समयदेखि एन्जाइटीको समस्या भोगिरहेको बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘मलाई कुनै कुराको स्ट्रेस भयो भने एन्जाइटी हुन्छ, पुराना र भुल्न खोजेका अतीत झन् सम्झनामा आउँछ, आजभोलि म कूल हुने प्रयासमा छु ।

प्रकाशित मिति: Sep 14, 2019

प्रतिक्रिया दिनुहोस्