Logo
७ बैशाख २०८१, शुक्रबार
(September 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

परराष्ट्र नीतिलाई बेवास्ता: ‘चीन र भारतका विदेशमन्त्रीलाई नेपालमा फरक–फरक व्यवहार’

नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले नेपालले परराष्ट्र नीतिलाई बेवास्ता गरेको समेत आरोप लगाएका छन् । दुई छिमेकी मुलुक चीन र भारतका विदेशमन्त्रीलाई नेपाल भ्रमणको क्रममा फरक–फरक व्यवहार गरिएको समेत उनको आरोप छ ।

‘इन्डो-प्यासेफिक र बिआरआईका विषयमा कुरा उठिरहेको छ । यो रणनीतिक विषय हो । यसमा सहभागिता लगायतका विषयमा सरकारले सर्वपक्षीय सहमति गर्नुगर्छ’, सांसद सिंहले भने,‘ हाम्रो परराष्ट्र नीति असंलग्न र सहअस्तित्वमा आधारित हुने संवैधानिक व्यवस्था छ । सरकार भनिरहेको छ-हामी इन्डो प्यासेफिकमा सहभागी छ्रैनौँ । अमेरिका भन्छ नेपाल सहभागि छ ।’

उनले सरकारले विआरआईको बारेमा आफ्नो धारणा स्पष्ट बनाउने पर्ने बताए । ‘ नेपाल बिआरआईको पार्ट हो वा होइन यसमा पनि सरकारको धारणा स्पष्ट हुनुपर्छ’, उनले भने, ‘हामी दुई ठूला छिमेकको बीचमा छौँ। यसमा पनि हामीले विचार पुर्‍याउनुपर्छ ।’

सांसद सिंहले संसदको बिहीबारको बैठकमा बोल्दै भारतीय विदेशमन्त्रीलाई भन्दा चिनियाँ विदेशमन्त्रीलाई सरकारले फरक व्यवहार गरेको बताएका हुन् ।

उनले नाम नलिएरै भारतीय विदेश मन्त्रीको तुलनामा चिनियाँ विदेश मन्त्रीलाई बढी महत्व दिइएकोतर्फ संकेत गर्दै सरकारको व्यवहारप्रति आपत्ति जनाएका हुन् ।

‘दुवै देशका परराष्ट्रमन्त्रीको भ्रमण भयो । एउटा परराष्ट्रमन्त्रीलाई स्वागत गर्न परराष्ट्र सचिव जान्छ, अर्को छिमेकीको परराष्ट्रमन्त्री आउँदा मन्त्री जान्छ’, उनले भने, ‘एउटा परराष्ट्रमन्त्रीलाई प्रधानमन्त्री भेट्दा राजारैति जस्तो गरी भेट्छ, अर्कोलाई बराबरीको अवस्थामा भेट्छ । के परराष्ट्र मन्त्री र प्रधानमन्त्री बराबरीका हैसियतमा भेट्न मिल्छरु भेटेको र झण्डा राखेको छ? दुवै सरकारी भ्रमण थियो निजी भ्रमण थिएन ।’

प्रकाशित मिति: Sep 12, 2019

प्रतिक्रिया दिनुहोस्