Logo
१२ बैशाख २०८१, बुधबार
(September 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

९५देखि ६५सम्म : यसरी घटाएकी थिइन् सोनाक्षीले तौल

बलिउडको दबङ्ग गर्ल मानिने चुलबुली सोनाक्षी सिन्हाले डेब्यु गर्नुअघि ९५ किलो तौलकी थिइन् भन्ने कुरा हामी धेरैलाई थाहा नहुन सक्छ । उनले आफ्नो पहिलो चलचित्र दबङ्गका लागि ३० किलो तौल घटाएर ६५ किलो बनाएकी थिइन् ।

कलेजमा हुँदा ९५ किलो तौल भएकी सोनाक्षीले पछि ३० किलो घटाएकी हुन् । यति धेरै तौलकी सिनाक्षीले कसरी तौल घटाइन् त ? यो सबैको चासोको विषय हो । फिल्म क्षेत्रमा आउनको लागि उनले कडा मेहेनत गरेर शरीरलाई सुगठित बनाएकी थिइन् ।

उनले तौलका कारण थुप्रै समस्या झेल्नुपरेको थियो । सोनाक्षीले भनिन्, ‘जब म कलेजमा थिए मेरो तौल ९५ किलो थियो ।’उनले आफू सधैँ एउटा मोटी केटीको रुपमा परिचित रहेको अनुभव सुनाइन् । उनले स्कुल र कलेजमा मोटी भएकै कारण उपेक्षा सहनुपरेको थियो । तौलकै कारण उनलाई हरेक कुरामा साइड लगाइने पनि उनले सुनाइन् ।

मोटी हुनुको पीडा सुनाउँदै सोनाक्षीले भनिन्, ‘मलाई अझै याद छ, एक पटक मलाई मोडलजस्तै क्याट वाक गर्ने रहर जाग्यो । तर मलाई पातली केटीहरुले लाइट समाउन लगाए ।

मैले भने ‘किन ?’ उनीहरुले मेरो क्याट वाक गर्ने तौल नभएको भन्दै मजाक उडाए । मलाई ज्यादै दुख लाग्यो ।

तर उनले पहिलो फिल्म ‘दबंग’ भन्दा अगाडि कडा मेहेनत गरेर तौल घटाइन् । सन् २०१० मा सुपरस्टार सलमान खानसँग फिल्म ‘दबंग’ बाट बलिउडमा डेब्यु गरेकी सोनाक्षीले आफ्नो अभिनयका कारण फिल्म क्षेत्रमा अलग्गै पहिचान बनाएकी छिन् । उनी पहिलाभन्दा झन आकर्षक र मिहिनेती भई आफ्नो अभिनयबाट दर्शकको मन जित्न सफल भएकी छिन् ।

प्रकाशित मिति: Sep 12, 2019

प्रतिक्रिया दिनुहोस्