Logo
७ बैशाख २०८१, शुक्रबार
(September 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशभर डेंगूका बिरामी बढ्दै, जान्नुहोस् यो कसरी सर्छ र के हो यसको उपचार ?

काठमाडौं :  डेंगुको संक्रमणले देशभरका सर्वसाधरणलाई आहत पुर्याएको छ । यस डेंगुका कारण थुप्रै मानिसहरुले ज्यान गुमाइसकेका छन् । समयमा उपचारको अभावले यसो हुन गएको हाम्रो चिकित्सकहरुले बताउँदै आएका छन् ।

चिकित्सकहरुका अनुसार फैलिनेक्रम बढे पनि समयमा नै उपचार गरिए सहज रूपमा निको हुने बताएका छन् । डेंगुको प्रकोप एक्कासि बढ्दा सर्वसाधरणमा अत्यधिक त्रास देखिन थालेको छ तर समयमा नै उपचार गरे रोगको जोखिमबाट पूर्ण रूपमा बच्न सकिने भएकाले त्रास नमान्न र डेंगुको लक्षण देखिना साथ समयमा नै अस्पताल गएर उपचार गर्न चिकित्सकको सुझाव छ ।

सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले डेंगु हुँदैमा आत्तिन नपर्ने बताए । डा. पुनले लक्षण देख्नासाथ अस्पताल पुगेर परिक्षण गरी औषधि सेवन गरे यो रोग सहज रूपमा निको हुने बताए ।

उनले भने, ‘शरीरका जोर्नीहरूको दुखाइ अत्यधिक हुन्छ । ८/१० दिनसम्म पीडा हुन्छ, धेरैजसो संक्रमित हुने मात्रै हो । तर, आत्तिनुपर्दैन ।’ डा. पुनका अनुसार डेंगु संक्रमण गराउने लामखुट्टे बिहान ९ देखि १२ र दिउँसो ३ देखि ७ को बीचमा मात्रै बढी सक्रिय हुने बताए ।

आखिर कसरी सर्छ मानिसमा डेंगू ?

डेंगु ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगुको भाइरसबाट संक्रमित लामखुट्टेको टोकाइले यो रोग सार्छ । यो लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्छ । बर्सातको समयमा सुरु भएपछि डेंगु ज्वरोको प्रकोप बढ्न थाल्छ ।

डेंगू हुँदा देखिने  लक्षण :

-ज्वरो आउने
-आँखाको गेडी दुख्ने
-शरीरमा डाबर आउने
-बेस्सरी टाउको दुख्ने
-अरुचि हुने
-पेट तथा आन्द्रामा गडबडी हुने
-जोर्नी तथा मांसपेशी बेस्सरी दुख्ने

डेंगूबाट बच्ने उपाय :

-लामखुट्टेको टोकाइबाट जोगिनु
-झ्याल तथा ढोकामा जाली लगाई बन्द राख्ने
– पूरा शरीर ढाकिने गरी कपडा लगाउने
-राति र दिउँसो पनि झुलभित्र सुत्ने

प्रकाशित मिति: Sep 11, 2019

प्रतिक्रिया दिनुहोस्