Logo
१५ चैत्र २०८०, बिहीबार
(September 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाँकेबाट दोब्बर संख्यामा खसी काठमाडौँ पठाइँदै

बाँके :  दशैंका लागि बाँकेका महिला उद्यमीले यस वर्ष पनि आफूले पालेका ३ हजार खसी काठमाडौं पठाउने भएका छन् । गत वर्षको दशैंमा १ हजार ५०० खसी काठमाडौं पठाएकामा अहिले त्यसलाई दोब्बर गरी ३ हजार खसी पठाउने लक्ष्य राखिएको सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घकी अध्यक्ष गङ्गा शाहले जानकारी दिइन् ।

उनका अनुसार, बाँकेको राप्ती सोनारी गाउँपालिकाको कचनापुर, महादेवपुरी, बिनौना, बैजापुर, कुसुम, फत्तेपुरलगायत गाउँमा महिलाले पालन गरेका खसी सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घमार्फत काठमाडौं पठाउन लागिएको हो । काठमाडौंका व्यापारीसँग मिलेर महिलाले उत्पादन गरेका ती खसी काठमाडौं पठाइने अध्यक्ष शाहले जानकारी दिइन् ।

भारतीय खसीको तुलनामा यहाँ पालेका खसी मोटा र राम्रा भएकाले काठमाडौँलगायत शहरमा माग बढ्दो छ । महिलाले व्यावसायिक रूपमा बाख्रापालन गर्न थालेपछि बाँकेमा खसीबोका उत्पादनमा वृद्धि भएको शाहको भनाइ छ ।

महिला समूहमा आवद्ध दिदीबहिनीले गाउँमा पालेका खसी सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घद्वारा ढकेरीमा सञ्चालित बाँके बाख्रा व्यवसाय केन्द्रमार्फत बिक्री गर्ने गरेका छन् । महिलाले पालेका खसीबोकाको बजारीकरणमा समस्या नहोस् भन्नका लागि ढकेरीमा एक पटकमा ५०० खसी बाख्रा राख्न मिल्ने नमूना केन्द्र निर्माण गरिएको केन्द्रका व्यवस्थापक कृष्ण केसीले बताए ।

यसलाई विस्तार गरी उक्त केन्द्रमा खसीको सङ्ख्यामा वृद्धि गर्दै व्यवसाय सञ्चालन गर्ने र आगामी दुई वर्षभित्रमा केन्द्रमा वार्षिक ३० हजार भन्दाबढी खसी सङ्कलन गरी बिक्री वितरण गर्ने योजना रहेको उनले बताए ।

प्रकाशित मिति: Sep 11, 2019

प्रतिक्रिया दिनुहोस्