Logo
७ बैशाख २०८१, शुक्रबार
(September 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘जनता कम्यूनिष्ट शासनबाट मूक्ति खोज्दैछन्’ कांग्रेसले अब सडक आन्दोलन गर्छ : देउवा,

नेपाली जनता कम्यूनिष्ट शासनबाट मूक्ति खोज्दै छन् : गच्छदार

इनरुवा : नेपाली कांग्रेसका सभापति एवंम पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार बिरुद्ध सडक आन्दोलन गर्ने अवस्था आएको बताएका छन् ।

सुनसरी सदरमुकाम इनरुवामा दोश्रो जनजागरण अभियान कार्यक्रमलाई सम्वोधन गर्नुहुदै सभापति देउवाले नेकपाको सरकार सुध्रिएन भने सडक आन्दोलन गर्न जनतालाई तैयार रहन उद्घोष गरेका छन् ।

गाउँ गाउँबाट नेपाली जनता सडक आन्दोलन गर्न तैयार रहेकाले नेकपाको नेतृत्व सरकार सचेत नभए सरकार बिरुद्ध सडकमा उत्रिने उनले चेतावनी दिएका छन् ।

प्रजातन्त्रमा कसैले प्रजातन्त्र खोस्न चाहे त्यो आफै सखाप भएर जाने र प्रजातन्त्र रक्षाको लागि लडाई लडन कांग्रेस तैयार रहेको बताउँदै सुनसरीको धरान हुने मेयर पदको निर्वाचनमा कांग्रेस पक्षको उम्मेदवारलाई जिताउन सबैलाई अपिल गरें ।

महँगी , भ्रष्टाचार र करको बिषयमा नेकपा सरकारले नेपाली जनतालाई मूर्ख बनाएको प्रति नेपाली जनता चनाखो हुनुपर्ने बताउँदै बल्ल कम्यूनिष्टहरुको असली चरित्र जनता माझ उदांगिएको बताए ।

कांग्रेसमा गुट उपगुटको राजनीतिक अब कही कतैपनि नरहेको भन्नुहुदै देउवाले कांग्रेसलाई बिश्वास गरी अब देश विकास र निकाश तर्फ कांग्रेसका नेता तथा कार्यकतासँगै आम नेपाली जनतालाई एक जुट निर्णायक भूमिका निर्वाह गर्न सबैलाई देउवाले अनुरोध समेत गरें ।

बी पी कोइारालको १०६ औं जन्मजयन्तीको अवसरमा सुनसरीको इनरुवाबाट दोश्रो जनजागरण अभियान कार्यक्रमको उद्घाटन गर्दै कांग्रेस सभापति देउवाले महामानव शिखर पुरुष गिरीजा प्रसाद कोइराला स्मृति भवनको समेत सोही कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ ।

नेपाली कांग्रेसका उप-सभापति तथा संघीय साँसद बिजय कुमार गच्छदारले नेपाली जनताले पीडा भोगिरहेको, कम्यूनिष्ट शासनबाट मूक्ति खोजेको, सरकारको कर, अधिनायकवाद शैली जस्ता प्रवृतिले नेपाली जनता मूक्ति चाहेको बताएका छन् ।

नेपाली कांग्रसका नेता बालेको कुरा समयमा पुरा गर्छ त्यसैले नेपाली जनताले बिश्वास गर्ने पार्टी कांग्रेस मात्र भएकोले जनताको चाहना पुरा गर्न सधै तयार रहेकोले स्थानीय तहको निर्वाचनमा कांग्रेसले लाल किल्ला गाडन सफल भएको संघीय साँसद गच्छदारले बताएका छन् । कांग्रेसमा सबै एक ढिक्का भएको पहिचानलाई यसै जनजागरण अभियानबाट सन्देश दिन पनि जरुरी रहेको प्रष्ट पारें ।

संघीय साँसद ज्ञानेन्द्र बहादुर कार्कीले हत्या, हिंसा र बलत्कार, असुरक्षा र अशान्ति यो सरकारले जनतालाई दिएको गुनासो गर्नुभयो । सरकारले दुई वर्षको अवधिमा भ्रम बाहेक केही दिन नसकेको बताए ।

नेपाली जनता निराशा ब्यक्त गर्दापनि लोकतन्त्र माथि नै जनताको पद्धति माथि नै नेपाली जनताको बिश्वास उठेको छ भन्ने भ्रम पनि सृजना भएको बताउदै उनले जनजागरण मार्फत कांग्रेसले सरकारलाई सचेत गराउने छ ।

असमानता, गरीबी, बेरोजगारी भएको खण्डमा मुलुकमा स्थिरताबाटोमा अग्रसर गराउन नसक्ने साँसद कार्कीको कथन छ । नेपाली कांग्रेस कहिले पनि मर्ने र जनताको लोकप्रिय पार्टी नेपाली काँग्रेस नै रहने बिश्वास ब्यक्त गरे ।

सुनसरी क्षेत्र नम्बर २ का संघीय साँसद सिताराम मेहताले स्थानीय तहको निर्वाचनमा यस क्षेत्रका जनताले गुट उपगुटमा नलागेर सिँगो कांग्रेसलाई हेरेर रुख छापमा मतदान गरी सुनसरीमा तीन वटा निर्वाचन क्षेत्रमा बिजयी गराएको र कांग्रेसले नेकपाको ठाउँमा जित हासिल गरी काग्रेसको लाल किल्ला गाडन सफल भएको बताए ।

मुलुकमै सुनसरी कांग्रेसले एकताको सन्देश दिएको उनले भनें । गुट उपगुट , हटक भटक होइन, कांग्रेस एक ढिक्का भएर अगाडी बढ्न सुझाव दिएका थिए ।

जनतामा एक बिचार लिएर जनजागरणमा सन्देश दिन आवश्यक रहेको बताए । कोशी पीडितहरुले कोशी ब्यारेजमा अनसन बसेको तीन हप्ता बितिसक्दा पनि माग पुरा नभएकोले कांग्रेसले एजेण्डाका रुपमा अगाडी सार्न पनि सुझाव दिएका थिए ।

इनरुवा नगरपालिका मेयर तथा इनरुवा नगर सभापति राजन मेहताले सुनसरी जिल्लामा कांग्रेसको संगठन र एकतको बारेमा कांग्रेस बलियो रहेको बताउँदै उनले भने सुनसरी जिल्लामा कम्यूनिष्टहरु पहिले प्रथम हुने गरेकोले अहिले कमाउनिष्टहरुको सरकारलाई तह लगाउन सुनसरीबासी सक्षम रहेको दाबी गरे ।

सुनसरी जिल्ला जस्तो एकता र एक ढिक्का भएको , गुट उपगुट नभएको सन्देश मुलुकभरी फैलाउन पार्टीका केन्द्रीय नेताहरुलाई सुझाव दिएका थिए । नेपाली काँग्रसले आउने निर्वाचनमा बिजयी भई कांग्रेसको नेतृत्वमा सरकार बनाउनु पर्नेमा जोड दिएका थिए ।

कोशी गाउँपालिकाका अध्यक्ष ऐयूब अन्सारीले जनजागरण अभियानलाई सम्वोधन गर्दैै कोशी टप्पु वन्य जन्तु आरक्षबाट निस्केको जंगली जनावरका कारण स्थानीयबासी त्रसित बन्दै गएकोले यस समस्याप्रति गम्भिर भई सरकारलाई घचघचाउन पनि आग्रह गरें ।

मुलुकमा स्थानीय सरकारको आलोचना हुदै गर्दा सुनसरीमा कांग्रेसको नेतृत्वमा बनेको स्थानीय सरकारले गरेको विकास मुलुकमै नमुना बनेको दावी गरे ।

जनताको आशाको किरण नेपाली कांग्रेस मात्र भएकोले जनताको मनोवल उच्च राख्न सबैले जनताको समस्याप्रति सकारात्मक भूूमिका खेल्नुपर्ने जोड दिएका थिए ।

सो कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी एक दर्जन बढी नेता तथा कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । गिरीजा प्रसाद कोइरालाको स्मृति भवनमा सहयोग गर्नेहरुलाई दोसल्ला र सम्मान पत्र दिई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस सुनसरीका कोषाध्यक्ष पंकज मेहताले बजेट सार्वजनिक गरेका थिए । नेपाली कांग्रेस सुनसरीका सभापति राजिव कोइरालाको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रममा २० हजार बढी सुनसरीका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: Sep 11, 2019

प्रतिक्रिया दिनुहोस्