Logo
१५ चैत्र २०८०, बिहीबार
(September 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहवीमा ११ भारतिय कुखुरा तस्कर पक्राउ, तस्विर खिच्न खोज्दा प्रहरीले गरे अवरोध

दुहवी/ सुनसरीको दुहवीमा मंगलवार बिहान इलाका प्रहरी कार्यालय दुहवीले भारतबाट कुखुरा तस्करी गरेको भन्दै ११ ओटा मोटरसाइकलमा कुखुरा लादैं गरेको अवस्थामा पक्राउ गरेको छ ।

उनिहरुलाइ दुहवी ११ तनमुनाबाट पक्राउ गरिएको थियो । सञ्चारकर्मीहरुले सोको तस्विर खिच्न खोज्दा प्रहरीले न खिच्नु भन्दै अवरोध गरेका थिए । २० जनाको समुहमा आएका नेपालका कुखुरा व्यवसायिहरु तस्करलाइ कारवाही गर्नुपर्छ र अवैध भारतिय कुखुराहरुलाइ नष्ट गर्नुपर्छ भन्दै दबाब दिएपछि पक्राउ परेका उनिहरुलाइ आवश्यक अनुसन्धान र कारवाहीकालागि पशु क्वारेन्टाइन कार्यालय बिराटनगर पठाइएको थियो ।

११ ओटा मोटरसाइकलमा बाँस तेर्साएर झोलामा करिव २ लाख मूल्य बराबरको कुखुराहरुलाइ प्याक गरेर लादैं गरेको अवस्थामा पक्राउ गरिएको इप्रका दुहवीका प्रहरी निरीक्षक प्रविण कार्कीले बताए । सो बिषयमा पोल्ट्री व्यवसायि संघ सुनसरीका संयोजक मनोज कुवँरले नेपाल सरकारले भारतिय कुखुरा प्रतिबन्ध लगाएतापनि ठुलो संख्यामा तस्करी भइरहेको र सो कुखुरा सप्लाइ भइरहेको बताए । केहि ठाउँमा प्रहरीले पक्राउ गरेको भएपनि भारतबाट तस्करी गरि ल्याएको कुखुराले नेपाली कुखुरा कृषक ठुलो मारमा परेको उनले बताए । उनका अनुसार विभिन्न रोग लागेका कुखुराहरु तसकरी गरेर नेपाल भित्र्याउँदा सस्तो मूल्यमा बेच्नाले आफुहरुको व्यवसाय बदनाम भएको र ठुलो लगानी डुब्ने संभावना भएको जनाए ।

प्रकाशित मिति: Sep 10, 2019

प्रतिक्रिया दिनुहोस्