Logo
१३ बैशाख २०८१, बिहीबार
(September 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कूटनीतिक संस्कारमा नेपाल कम्जोर : ‘मोदीको तारिफ, ओलीको आलोचना’

भिडियो कन्फ्रेंस मार्फत नेपाल भारत पेट्रोलियम पाइपलाइनको उद्घाटनपछि सार्वजनिक भएका केहि तस्विरहरुका कारण प्रधानमन्त्री केपि शर्मा ओलीको आचोलना सुरु भएको छ भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तारिफ भइरहेको छ ।

खासमा कूटनीतिक संस्कारमा नेपाल पक्ष चुकेको भन्दै समाजिक संजाल लगायतमा चौतर्फी आलोचना र तारिफको चर्चा सुरु भएको हो । भिडियो कन्फ्रेंसमा प्रधानमन्त्री ओलीले पुरै मन्त्रिपरिषदका लावालसकर सहित प्रस्तूत भए भने भारतीय प्रधानमनत्रीले आफ्ना विदेश सचिव र भारतस्थित नेपालका राजदूतलाई छेउमा बसाएर पाइपलाइनको उद्घाटन गरे ।

तर नेपालका प्रधानमन्त्री ओलीले भने नेपालस्थित भारतीय राजदूत मञ्जिवसिंह पुरीलाई पछाडी बसाएको तस्विरबाट आलोचित हुनु परेको हो ।

समाजिक संजालमा पंकज दासले हिन्दीमा लेख्दै प्रधानमन्त्री ओलीले अफ्ना संकुचित सोच, अपरिपक्व कूटनीतिक ज्ञान र संस्कारमा रहेको कमीको प्रदर्शन गरेको बताएका छन् ।

उनले लेखेका छन् ‘ये होता है राजनीतिक सोच, कूटनीतिक संस्कार और सम्मान। भारत के प्रधानमंत्री नरेन्द्र मोदी ने अपने बगल में और बराबरी में नेपाल के राजदूत नीलाम्बर आचार्य को बैठाया है। इससे ना तो मोदी का सम्मान ही घटा और ना ही किसी प्रोटोकॉल का मान मर्दन हुआ।

लेकिन नेपाल के प्रधानमंत्री के पी ओली ने भारतीय राजदूत को पिछली सीट पर बैठा कर अपनी संकुचित सोच, अपरिपक्व कूटनीतिक ज्ञान और संस्कार की कमी का प्रदर्शन किया है। इससे भारतीय राजदूत के शान में कोई कमी तो नहीं आई लेकिन सिंहदरबार की ओछी सोच सामने आ गई।’

ट्वीटरमा मोदीको खुसी
उता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको उद्घाटनपछि खुसी व्यक्त गरेका छन् । उनले ट्विटरमा लेखेका छन्, ‘तपाईहरु खुशी हुनुहुनेछ कि यो परियोजना निर्धाति समयभन्दा धेरै अघि नै सम्पन्न भयो ।

प्रगतिको फल मित्र राष्ट्रहरुसँग बाँड्दै १’ निर्माण सम्पन्न अवधिभन्दा आधा समय अगाडि नै आयोजना सकिएको भन्दै उनले यसको श्रेय ओलीको नेतृत्वलाई दिएका छन् ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं र भारतीय प्रधानमन्त्री मोदीले नयाँ दिल्लीबाट एकै पटक स्वीच थिचेर भारतको मोतिहारीदेखि नेपालको अमलेखगन्ज सम्मको ७० किलोमिटर लामो क्रसबोर्डर पेट्रोलियम पाइपलाइनको उद्घाटन गरेका थिए ।

भारतीय प्रधामन्त्री मोदीले ट्वीट गर्दै मोतीहारी–अमलेखगंज पाइप लाइन दक्षिण एसियाकै पहिलो क्रस बोर्डर पाइपलाइन भएको भन्दै रिकर्ड समयमा पूरा भए भन्दै आयोजनाबाट सन्तुष्टि मिलेको उल्लेख गरेका छन्।

भारतले सहयोग गरेको क्षेत्रमा प्रगति भइरहेको भन्दै मोदीले अझै नेपालसँगको साझेदारीलाई कायम राख्ने प्रयत्न गर्ने बताए । मोदीले अन्तिम ट्वीटर लेखेका छन्, ‘मोतिहारी–अमलेखगञ्ज पाइपलाइनले नेपालका जनतालाई सुलभ मूल्यमा अझैं सफा पेट्रोलियम पदार्थ दिनेछ । म हर्षित छु कि नेपाल र भारतबीचको सहकार्यले हाम्रा जनताको परस्पर लाभका लागि नयाँ उचाइ प्राप्त गर्दैछ ।’

प्रकाशित मिति: Sep 10, 2019

प्रतिक्रिया दिनुहोस्