Logo
१३ बैशाख २०८१, बिहीबार
(September 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब म्याद सकिएको ब्लुबुक नविकरण गर्दा सय प्रतिशत जरिवाना शुल्क नलाग्ने

प्रदेश ३ सरकारले यातायात सम्बन्धी व्यवस्था गर्न बनाएको ऐन संसोधन गरेको छ । प्रदेश सरकारले ऐन संसोधन गरी सवारी नविकरण जरिवाना शुल्क घटाएको हो ।

प्रदेशसभाको बैठकले संसोधन गरी प्रमाणिकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको विधेयक प्रमाणिकरण भई ऐनको रुप लागू भएको छ ।

बिधेयक प्रमाणिकरण भएसँगै सवारी साधनको ब्लुबुक नविकरण गर्दा म्याद सकिएपछि लाग्ने सय प्रतिशत जरिवाना शुल्क घटेर अब ३२ प्रतिशतमा झरेको छ । यो ऐन संसोधन भएसँगै सवारी धनीहरुलाई जरिवाना शुल्कमा राहत भएको छ ।

यस्तै, बैठकमा प्रदेश लोकसेवा सम्बन्धी विधेयक प्रदेश मामिला समितिमा दफावार छलफल भई बैठकमा पेश भएको छ । समितिका सभापति माधब पौडेलले बिधेयक प्रदेश सभामा प्रस्तुत गर्नुभएको हो ।

प्रकाशित मिति: Sep 10, 2019

प्रतिक्रिया दिनुहोस्