Logo
१३ बैशाख २०८१, बिहीबार
(September 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारको निर्देशन आवज्ञा गर्दै पशुपतिको आरतीमा राष्ट्रगान नबजाउने निर्णय

पशुपतिनाथ स्थित गंगा आरती सेवा सञ्चालक समितिले मंगलबार पनि पर्यटनमन्त्री योगेश भट्टराईको निर्देशनको अवज्ञा गर्दै पशुपति आरतीमा राष्ट्रगान नबजाउने भएको छ । गंगा आरती सेवा सञ्चालक समितिको सोमबार बसेको आकस्मिक बैठकले प्रत्येक साँझ हुँदै आएको उक्त आरतीमा राष्ट्रगान गाउन सरकारले दिएको आदेशको अवज्ञा गर्ने निर्णय गरेको थियो ।

समितिका एक सदस्यले मंगलबार पनि आरतीका क्रममा राष्ट्रगान नबजाइने जानकारी दिए । संस्कृति तथा पर्यटनमन्त्री योगेश भट्टराईले गंगा आरतीको प्रारम्भ राष्ट्रगानबाट गर्नुपर्ने आदेश जारी गरेपछि आर्यघाटमा हरेक दिन पार्थिव शरीरको अन्तेष्टि हुने र शोकाकुल आफन्तहरु असहज परिस्थितिमा पर्ने हुँदा त्यो आदेश फिर्ता लिन गरेको आग्रह मन्त्री भट्टराईले अस्वीकार गरेपछि अवज्ञा गर्न बाध्य भएको समितिले जानकारी दिएको थियो ।

संस्कृतिविद् तथा विभिन्न क्षेत्रका व्यक्तिहरुले आरतीका क्रममा राष्ट्रगान बजाउँदा राष्ट्रगानै अपमान हुने बताएपछि मंगलबार पनि आरतीका क्रममा राष्ट्रगान नबजाउने निर्णय गरिएको जानकारी समितिले दिएको छ। विगत ११ वर्षदेखि अविच्छिन्न रुपमा पशुपतिनाथ क्षेत्रको बागमती आर्यघाटमा सञ्चालन हुँदै आएको गंगा आरतीमा सोमबार पनि राष्ट्रगान बजाइएन।

पर्यटनमन्त्री भट्टराईले केहीदिनअघि पशुपति आरती सुरु हुनुअघि राष्ट्रियगान बजाउन निर्देशन दिएका थिए । उनको निर्देशनको आलोचना हुँदै आएको छ।

प्रकाशित मिति: Sep 10, 2019

प्रतिक्रिया दिनुहोस्