Logo
१३ बैशाख २०८१, बिहीबार
(September 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एसीसी यू-१९ : नेपालले युएईलाई दियो २८६ रनको चुनौती

श्रीलङ्कामा जारी एसीसी यू-१९ एशिया कप क्रिकेटअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई जितको लागि २८६ रनको चुनौती दिएको छ ।

श्रीलङ्काको कटुनायक स्टेडियममा भएको खेलमा नेपालले ५० ओभर पूरै खेल्दै ९ विकेटको क्षतिमा २८५ रनको योगफल बनायो । नेपालका लागि यस खेल प्रतिष्ठाको लागि मात्र हुनेछ ।

समूह बी मा २ खेल गुमाएको नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ । नेपाल पहिलो खेलमा श्रीलङ्कासँग ५ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग ६ विकेटले पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको हो ।

टस हारेर पहिले ब्याटिङ्को निम्तो पाएको नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ६७ रनको योगदान दिए । ५३ बल खेलेका उनले ६ चौकाको मद्दतमा ६७ रन बनाएका हुन् ।

त्यस्तै सन्दिप जोराले ४८ रन बनाउँदा आशिफ शेखले ४५, राशिद खानले ४४, कमल सिहले ४१ तथा कौशल मल्लले २२ रन जोडे । बलिङतर्फ आकाशा ताहिर र सञ्चित शर्माले ३-३ विकेट लिए भने पलानीपान मैयाप्पानले २ विकेट झारे । त्यस्तै रिसब मुखर्जीको नाममा १ विकेट रह्यो ।

यस समूहबाट आयोजक श्रीलङ्का र बङ्गलादेश सेमिफाइनल पुगिसकेको छ । नेपाल र युएईविरुद्वको पछिल्लो ५ खेलको नतिजा हेर्दा नेपालले ४ खेलमा जित हात पारेको छ भने १ खेलमा युएई विजयी भएको छ ।

प्रकाशित मिति: Sep 10, 2019

प्रतिक्रिया दिनुहोस्