Logo
११ बैशाख २०८१, मंगलबार
(September 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यौन उत्तेजनापछि महिलाले यसरी गर्दछन् हस्तमैथुन

पुरुषको तुलनामा महिलाहरूले हस्तमैथुन गर्ने तरिकामा बढी विविधता हुन्छ । महिलाहरूले विभिन्न यौनअङ्गलाई प्रयोगमा ल्याई हस्तमैथुन गरेको पाइन्छ ।

हस्तमैथुन गर्दा यौन परिकल्पना एउटा महत्वपूर्ण पक्ष हो । हस्तमैथुन गर्दा आफूले चाहेअनुरूप यौन क्रियाकलापमा संलग्न व्यक्ति, स्थान अनि आसनको कल्पना गर्न सकिन्छ र त्यसमा मानसिक पक्ष सबल रूपमा जोडिएर थप आनन्द प्राप्त हुन्छ ।

महिलाको सन्दर्भमा योनिलाई नै प्रमुख यौनअङ्ग मानिन्छ । यद्यपि महिलाका अन्य विभिन्न अङ्ग पनि यौनका दृष्टिकोणले सम्बेदनशील हुन्छन् । जस्तै: भगक्षेत्र, ठूलो तथा सानो भगोष्ठ, भगांकुर, स्तन आदि ।

त्यसबाहेक मुख तथा अधर, नितम्ब, गुदद्वार, मलाशय, चर्म (छाला) लाई हामीले यौन अङ्गका रूपमा नलिए पनि हामीले पाउने धेरैजसो यौन सुख यही अङ्गबाट प्राप्त गरिरहेका हुन्छौं ।

जाँध, तिघ्राको भित्री भाग, धाँटी, काखी आदि यौन संवेदनशील हुन सक्छन् । स्पर्शको अनुभति विभिन्न किसिमका हुन सक्छन्, जस्तै कि मर्दन, हल्का स्पर्श, सुमसुम्याइ आदि ।

भगांकुर चलाउनु
भगांकुर चलाउनु वा त्यसको घर्षण नै महिला चरमसुखमा पुग्ने सबैभन्दा महत्वपूर्ण यौन क्रियाकलाप हो । यस्तै ९० प्रतिशत महिलामा यौन संवेदनशीलताको केन्द्र भगांकुरलाई नै मानिन्छ । आफूलाई सजिलो लाग्ने वा मन पर्ने कुराले यसलाई चलाउन सकिन्छ ।

त्यसलाई चलाउने वा घर्षण गर्नेबाहेक दबाब दिने, विस्तार हल्लाउने वा जोडले हल्लाउने वा त्यसलाई कुनै वस्तुले थिच्ने जस्ता अनेक उपाय अपनाउन सकिन्छ । पानीको हल्का फोहराको प्रयोगलाई पनि कतिपय महिलाले विशेष उत्तेजना प्रदान गर्ने कुराका रूपमा लिएका छन् ।

योनिमा केही पसाउनु
योनिमा केही पसाएर यौन आनन्द लिन सकिन्छ । यसो गर्दा योनिमा पर्याप्त मात्रामा रस आइसकेको हुनुपर्छ र यौन उत्तेजना हुँदा यो स्वाभाविक रूपमै हुन्छ ।

त्यस्तो नभएको स्थितिमा अन्य कुनै चिप्लो पदार्थ प्रयोग गर्न बिर्सनु हुँदैन । त्यस्तो पसाउने कुरा सफा भएको कुरा सुनिश्चित गर्नु पर्ने हुन्छ ।

यौन प्रसाधनको प्रयोग
भगांकुर होस वा योनि, हस्तमैथुनमा औंलाको प्रयोग नै महत्वपूर्ण हुन्छ । औला बहुउपयोगी हुने भएकाले त्यसलाई चाहेअनुरूपको दबाब, गति वा तरिकाले चलाउन सकिन्छ जसले आनन्द थप्छ ।

त्यसबाहेक महिला शरीरका अन्य अङ्गहरूको स्पर्श, मर्दन वा सुमसुम्याई यौन आनन्द पाउने कुरामा सहायक हुन्छन् । अचेल यसरी यौन आनन्द लिने क्रममा महिलाहरूले यौन प्रसाधन वा वस्तुहरू पनि प्रयोग गर्न थालेका छन् ।

कतिपयले पुरूषको लिङ्ग आकारको कृत्रिम वा प्राकृतिक वस्तु पनि प्रयोग गर्छन् ।  यौन प्रसाधन विभिन्न आकार-प्रकारमा उपलब्ध हुन्छन् ।

तुलनात्मक रूपमा यसको प्रयोगबाट यौन आनन्द प्राप्त गर्न सजिलो हुनाले पनि कैयौं महिलाले यसलाई मन पराउँदै आएका छन् ।

 

हस्थमैथुन बारे रोचक तथ्यहरु:

हस्तमैथुनका विषयमा मानिसहरुमा विभिन्न प्रकारका धारणा तथा प्रश्नहरु रहने गर्दछन् ।

यौन सन्तुष्टिको सबैभन्दा सहज उपायको रुपमा रहेको हस्तमैथुनका सम्बन्धमा रहेका केही रोचक तथ्यहरु यस्ता छन्ः

सबै पुरुषले हस्तमैथुन गर्दैनन्ः  हो, यदि सबै पुरुषले हस्तमैथुन् गर्छन् भन्ने ठान्नुभएको छ भने तपाँई गलत हुनुहुन्छ ।

सन् २०१६ मा गरिएको एक अध्ययन अनुसार केवल ५७ प्रतिशत अविवाहित तथा एकल पुरुषहरुले मात्र दैनिक हस्तमैथुन गर्दछन् ।

पुरुषद्वारा भाइब्रेटरको प्रयोगः केवल महिलाले मात्र यौन सन्तुष्टिका लागि भाइब्रेटरद्वारा मैथुन गर्दछन् भन्ने हुँदैन । एक सर्भेक्षण अनुसार यौन उत्तेजनाका लागि पुरुषहरुले पनि भाइब्रेटरको प्रयोग गर्दछन् । अझ रोचक कुरा त के भने भाइब्रेटर प्रयोग गर्ने पुरुषहरुको यौन चाहना तथा यौन जिवन राम्रो हुने गरेको छ ।

हस्तमैथुनका फाइदाः हस्तमैथुन गर्नाले अनुहारमा चमक आउँछ भन्ने मान्यता छ । तर यो सही होइन । तर एउटा अध्ययनले के पुष्टि गरेको छ भने नियमित रुपमा हस्तमैथुन गर्ने मानिसहरुमा खुसीपनाको तह उच्च रहने र रोग प्रतिरोधी क्षमता पनि उच्च रहने गर्दछ । हस्तमैथुनले सरीरमा उर्जा वृद्धि गर्दछ ।

सेक्स र हस्तमैथुनको विर्यमा फरकः जापानमा गरिएको एक अध्ययन अनुसार सेक्सका क्रममा निस्कने विर्य तथा हस्तमैथुनका क्रममा निस्कने विर्यमा हुने शुक्रकिटको मात्रा फरक हुन्छ । सेक्समा निस्कने विर्यमा शुक्रकिटको मात्रा निकै धेरै हुने अध्ययनले देखाएको छ ।

 

यसकारण महिलाले हस्तमैथुन गर्नै पर्छ:
अध्ययनहरुका अनुसार १८ वर्षमाथिका अधिकांश महिलाले कम्तीमा एकपटक हस्तमैथुन गर्छन् । अमेरिकाको इण्डियाना विश्वविद्यालयले गरेको अनुसन्धानअनुसार २५देखि २९ वर्षसम्मका महिलामा ७.९ प्रतिशतले हप्तामा तीनपटक हस्तमैथुन गर्छन् । हस्तमैथुन गर्ने पुरुषको संख्या भने २३.४ प्रतिशत थियो ।

हस्तमैथुन सामान्य, आनन्ददायक र स्वस्थ प्रक्रिया हो । हस्तमैथुनबारे पुरुष खुल्ने गरेपनि महिलाहरु भने यसमामलामा त्यति खुल्न चाहँदैनन् । नर्थवेस्ट्रन युनिभर्सिटीकी स्त्रीरोग विशेषज्ञ डा. लौरेन स्ट्रिचरका अनुसार महिलाका लागि हस्तमैथुनका धेरै फाइदा छन् । यसले तनाव कम गर्न, निद्रा लगाउन र स्वस्थ रहन मद्दत गर्छ ।

१. खुशी दिन्छ
‘हामी सबैलाई थाहा छ, आनन्दले मानिसलाई खुशी दिन्छ’, स्ट्रिचर भन्छिन्, ‘यो वास्तवमै सजिलो पनि छ ।’ चरमोत्कर्षले इण्डोर्फिन डोपामाइन र अक्सिटोसिन उत्पादन गर्छ, जसले मानिसको मूड अझ राम्रो बनाउछ ।

२. शरीरसंग अझ सहज हुन सकिन्छ
शरीर तपाईंको असल साथी हुनुपर्छ– जीवनभर साथ रहने यो मात्र एउटा कुरा हो । त्यसैले आफ्नै शरीरबाट के–के प्राप्त गर्न सकिन्छ, त्यस उपायबारे खोजबिन गर्नुहोस् । ‘कसरी आत्म–मनोरन्जन लिन सकिन्छ भनेर महिलाले आफ्नै शरीरको मुल्यांकन गर्नु महत्वपूर्ण हो ।’स्ट्रिचर भन्छिन् ।

३. सेक्स लाइफमा सुधार ल्याउन सक्छ
हस्तमैथुनले शरीरलाई कुन चिज सही हुन्छ भनेर पत्ता लगाउन सहयोग गर्छ । यसबाट आत्मविश्वास बढ्छ र पार्टनरसंगको संबन्ध सुमधुर हुन्छ । आफ्ना शरीरको स्थानबारे पार्टनरलाई पनि भन्न सकिन्छ ।

४. निद्रा लाग्छ
हस्तमैथुनबाट चरमोत्कर्षमा पुगिसकेपछि राम्रोसंग निद्रा पर्छ । चरमोत्कर्षले शारीरिक र भावनात्मक रुपमा तनावरहित बनाउछ, जसले चाँडो निद्रा पर्छ । स्ट्रिचर भन्छिन्, ‘सामान्यतः हस्तमैथुनपछि मानिस राम्रोसंग सुत्छन्, यसले तनावरहित र सन्तुष्ट बनाउँछ ।’ उनका अनुसार सुत्नुअघि पुस्तक पढ्नुजस्तै हो, जसले निद्रा लाग्छ ।

५. यौनिक तनाव घटाउने महत्वपूर्ण उपाय
यदि सेक्स नगर्ने निर्णय गरिएको छ भने यौनसम्बन्धी तनाव हटाउने र सेक्स सन्तुष्टि प्राप्त गर्ने महत्वपूर्ण उपाय हो ।

६. महिनावारीको समयमा हुने पीडा हटाउछ
हस्तमैथुन शरीरमा भएको पीडा हटाउन र महिनावारीको समयमा हुने पीडा हटाउन लाभदायक मानिन्छ । स्ट्रिचरका अनुसार आवश्यक परे महिनावारीको समयमा पनि हस्तमैथुन पनि गर्न सकिन्छ । उनका अनुसार हिटिङ प्याडभन्दा पीडा घटाउन यो राम्रो उपाय हो ।

७. तनाव घटाउँछ
यसले योगा गरिएजस्तो र खुट्टाको मसाज गरिएजस्तै तनावबाट मुक्त गराउछ । सेक्स र आत्मउत्तेजना तनाव घटाउने एउटै उपाय हो ।

८. शरीरलाई यौनिक बनाइराख्छ
सेक्स नगर्दा पनि हस्तमैथुनले शरीरलाई यौनिक बनाइराख्न मद्दत गर्छ । यसले तन्तुहरुलाई लचिलो र स्वस्थ बनाउछ । शरीरमा रक्तसञ्चार बढाउछ ।

९. हस्तमैथुनका साधन उपलब्ध हुन्छन्
युवतीहरुका लागि बजारमा हस्तमैथुनका साधन उपलब्ध हुन्छन् । जसलाई प्रयोग गरेर यौनिक आनन्द लिन सकिन्छ ।

१०. चरमोत्कर्ष प्राप्त गर्न सकिन्छ
शरीरलाई कसरी प्रयोग गर्दा आनन्द आउछ, त्यसलाई राम्रोसंग बुझनुपर्छ । पुरुषका लागि चरमोत्कर्ष छिट्टै प्राप्त हुन्छ भने महिलालाई चरमोत्कर्षमा पुग्न समय लाग्छ ।

प्रकाशित मिति: Sep 10, 2019

प्रतिक्रिया दिनुहोस्