Logo
१३ बैशाख २०८१, बिहीबार
(September 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जयसिंहपुराको भूमि कुशवाहाको अधिकारमा: जयपुरमा भेटिए भगवान रामका सन्तान (प्रमाण सहित)

अयोध्या विवादबारे अहिले भारतको सर्वोच्च अदालतमा सुनुवाई चलिरहेको छ । ९ अगष्ट मा अदालतले रामललाका वकिलसँग रामको कुनै वंशज अयोध्यामा छ कि छैन ? भनी प्रश्न गरेका थिए । यस विषयमा वकिलले आफूलाई जानकारी नभएको बताएका थिए ।

तर, अयोध्याको राजपरिवारले भने आफूहरु भगवान रामका छोरा कुशको सन्तान रहेको दाबी गरेका छन् । यो कुरा इतिहासमा पनि उल्लेख छ । पूर्वराजकुमारी दीयाकुमारीले यसको केही प्रमाण पनि दिएकी छिन् ।

उनले दिएको प्रमाणमा रामको २ सय ८९ औं वंशज जयसिंह र ३ सय ७ औं वंशजको रुपमा महाराजा भावानी सिंहको नाम उल्लेख छ ।

दीयाकुमारीले दिएका प्रमाण:
१. जयपुरका महाराजा सवाई जयसिंह भगवान रामका छोरा कुशका २ सय ८९ औं वंशज हुन् ।
२. ९ दस्तावेज, २ नक्शाले अयोध्याका जयसिंहपुरा रामको जन्मस्थान सवाई जयसिंह द्वितीयको अधीनमा थिए ।
३. सन् १७७६को एक निर्देशनमा जयसिंहपुराको भूमि कुशवाहाको अधिकारमा रहेको उल्लेख छ ।

सिटी प्यालेसका ओएसडी रामू रामदेवका अनुसार कुशुवाह वंशका भगवान रामका छोरा कुशको नामबाट कुशवाहा वंश मानिँदै आएको हो । यसको वंशावली अनुसार ६२ औं वंशज दशरथ, ६३ औं वंश श्रीराम र ६४ औं वंश कुश थिए ।

सवाई जयसिंहले सन् १७१७ मा अयोध्यामा मन्दिर पनि बनाएका थिए । जयपुर राजघरानाकी पूर्व राजमाता पद्मिनी देवीले राम मन्दिरको समस्या तत्काल समाधान हुनुपर्ने बताएकी छिन् । उनले भगवान रामको वंश आफूहरु रहेको र त्यसले अहिले अगाडि आएको उनले बताइन् । उनले राम सबैको आस्थाको केन्द्र रहेको पनि उल्लेख गरेकी छिन् ।

भगवान रामको मृत्यु
भगवान श्रीरामको जब समय पुरा भयो। उहाँको गमनको समय आयो । आकाशवाणी भयो, ‘प्रभु तपाईले आफ्नो अवतारमा आफ्नो सबै लिला गर्नुभयो ।

जुन तपाईको अभिप्राय थियो संसारलाई बचाउने, सन्तको रक्षा गर्ने त्यो अभिप्राय पुरा भएको छ । अब तपाईको जाने समय आयो ।’तब भगवानले भन्नुभयो, ‘मैले बुझे ‘।

प्रभु श्रीरामले भन्नुभयो,’जुन कार्यको हेतु म यहाँ आएको थिए त्यो पुरा भयो । अब मेरो जाने समय भयो । तपाई यमराजलाई भन्न सक्नुहुन्छ यमराज आउन् ।’

यमराजले भने, ‘प्रभु म कसरी आउन सक्छु तपाईको अयोध्यामा । अयोध्याको ढोकामा त हनुमान बसेका छन् । जहाँ हनुमान छन् त्यहाँ यम प्रवेश गर्न सक्दैन । यमराज आउन सक्दैन ।

तपाईको अयोध्या यस्तो छ अ माने हुदैन योध्या माने लडाइ नै नहोस ।’ श्रीराम राजयमा कुनै झै झगडा हुदैन थियो । त्यहाँ प्रकृतिको सन्तुलन थियो ।

भगवान् श्रीरामले भन्नुभयो, ‘ठिक छ यदि हनुमान अयोध्याको ढोकामा पहरा दिइरहेका छन् र रक्षा गरिरहेका छन् भने म हनुमानलाई कहि पठाउछु। तब तिमी आउनु ।

’तब भगवानले औठी निकाले र हेर्नुभयो महलको एक ठाँउमा चिरा परेको थियो । त्यो चिरा भित्र ‌औठी फालिदिनुभयो । तब श्रीराम भन्नुहुन्छ, ‘हनुमान जी मेरो औठी हरायो मेरो औठी खोजेर ल्याउनुहोस ।’

हनुमान जीले भन्नुभयो, ‘प्रभु तपाईको आज्ञा । म औठी खोजेर ल्याउछु ।’ हनुमानले आफ्नो रुपलाई सुक्ष्म बनाउनुभयो । हनुमानमा यस्तो क्षमता थियो यस्तो सिद्धि थियो ।

आफ्नो प्रभुको सेवा गर्दा गर्दा उहाँ भित्र यस्तो सिद्धि भयो कि उहाँ अणु पनि बन्न सक्नु हुन्यो भने माइक्रो कजम म्याक्रो कजम पनि ।जस्तै एटमको भित्र इलेक्ट्रोन, न्युट्रोन र प्रोटोन एक माइक्रो कजम हुन्छ ।

त्यस्तै ब्रम्हाण्डमा सुर्य छ त्यसको चारैतर्फ ग्रहहरु घुमिरहेका छन् । त्यहाँ सन्तुलन बनेको छ । हनुमान सुक्ष्म सिद्धिले सुक्ष्म शरीरको रुपमा चिरा भित्र पस्नुभयो । लामो यात्रापछि उहाँ नाग लोक पुग्नुभयो।

त्यो चिरा जुन थियो त्यो नाग लोकको मार्ग थियो । नाग लोकमा बासुकीले देख्नुभयो हनुमान आएको । बासुकीले हनुमानको स्वागत गर्नुभयो ।

बासुकीले भन्नुभयो , ‘तपाई प्रभु श्रीराम भक्त हुनुहुन्छ तपाई आउनुको प्रयोजन भन्नुहोस । कृपया भन्नुहोस तपाई किन आउनु भयो । के कारण तपाई आउनुभयो । म तपाईको दर्शन पाएर कृतार्थ भए ।’

हनुमान जीले भन्नुभयो, ‘बासुकी जी भगवान श्रीरामको औठी हरायो । म भगवानको औठी खोज्न आएको हुँ ।’ तब बासुकी जी भन्नुहुन्छ, ‘म तपाईलाई औठी भएको ठाँउसम्म लिएर जान्छु ।’

हनुमानलाई लिएर बासुकी नाग लोकको बिचमा पुग्नुभयो । तब हनुमानले औठीको थुप्रो देखे । हजारौ औठी त्यहाँ थिए । औठीको चाङ थियो ।

तब बासुकी जी प्राथना गर्नुहुन्छ, ‘हनुमान जी कृपा गर्नुहोस यी सबै प्रभुको औठी हुन् ।’ हनुमानले पहिलो औठी उठाउनुभयो । हर्नुभयो ।
भगवान श्रीरामको औठी थियो त्यो र भन्नुभयो, ‘मैले औठी पाए ।

तर यति औठीको चाङमा यो पहिलो औठी नै प्रभु श्रीरामको कसरी निस्कियो ।’दोस्रो औठी उठाउनुभयो त्यो पनि प्रभु श्रीरामकै औठी थियो । तेस्रो उठाउदा हनुमानले बुझ्नुभयो यी सबै औठी प्रभुकै हुन् ।

सबै प्रभु श्रीरामको औठी हुन्। हनुमानले थहाँ पाउनु भयो प्रभुले यो भेद बुझ्नको लागि मलाई नाग लोक पठाउनुभएको हो । संसारको जन्म हुन्छ संसारको मरण हुन्छ । यसलाई उत्पत्ति र प्रलय भनिन्छ ।

संसारको जन्म हुन्छ प्रलय हुन्छ एक साइकल (चक्र) हुन्छ । साइकललाई एक कल्प भनिन्छ । एक कल्पमा चार युग हुन्छन् । चार युगको त्रेता युगमा प्रभु श्रीराम आउनुभएको थियो ।

त्यहाँ हजारौ औठी थिए यसको मतलब हजारौ त्रेता युग भएको हुनुपर्छ । यसको अर्थ पृथ्वीको अहिलेसम्म हजार भन्दा बढि पटक उत्पत्ति र प्रलय भएको हुनुपर्छ । यो क्रमको अन्त्य हुदैन समाप्ति हुदैन ।

हरेक युगमा महापुरुषहरु सधै आउछन् । आज पनि हामि प्रभु जानुभयो भन्दैनौ हामी श्रीरामनवमी मनाउछौ र भन्छौ प्रभु आउनुभयो । संसार बचाउन महापुरुषहरु आउछन् यो हामी मान्छौ ।

प्रकाशित मिति: Sep 10, 2019

प्रतिक्रिया दिनुहोस्