Logo
६ बैशाख २०८१, बिहीबार
(September 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल र चीनबीच तीन सम्झौता, राहत टेन्टदेखि अस्पतालसम्म बनाइदिने

काठमाडौं : नेपाल र चीनबीच तीन सम्झौता भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा सोमबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

 

पहिलो सम्झौता मनाङमा अस्पताल बनाउने छ । करिव ३५ करोड रुपैयाँ लागतमा चीनले अस्पताल बनाइदिने भएको हो ।

अर्को सम्झौता आपतकालीन राहतका लागि ५ हजार टेन्ट उपलब्ध गराउने छ । दुबै सम्झौतामा अर्थसचिव र चाइना डेभलपमेन्ट को अपरेशनका उपाध्यक्षले हस्ताक्षर गरेका छन् ।

अर्को सम्झौता चिनियाँ स्वयं सेवक शिक्षकहरु नेपाल आउनेछ । यसमा शिक्षासचिवले हस्ताक्षर गरे ।

काठमाडौंको एक पाँचतारे होटलमा उच्चस्तरीय वार्तापछि चिनियाँ विदेशमन्त्री यी र नेपाली सकमक्षी प्रदीप ज्ञवालीको उपस्थितिमा हस्ताक्षर भएको हो ।

प्रकाशित मिति: Sep 9, 2019

प्रतिक्रिया दिनुहोस्