Logo
७ बैशाख २०८१, शुक्रबार
(September 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्काे वर्षको तिहारमा अक्षयलाई टक्कर दिँदै कंगना, ‘पृथ्वीराज’ भर्सेस ‘धाकड’ मा

बलिउडमा सन् २०२० लाई चलचित्र प्रदर्शनको हिसाबले प्रतिक्षित वर्ष मानिएको छ । सन् २०२०मा एकसएक चलचित्र प्रदर्शनका लागि तयार देखिएको छ । उक्त लिष्टमा अक्षयको ‘पृथ्वीराज चौहान’ र कंगनाको ‘धाकड’ भिड्दैछ ।

अर्को वर्षको तिहारमा ऐतिहासिक युद्धको कथामा बनेको अक्षय कुमारको ‘पृथ्वीराज’ ले कंगनाको एक्सन चलचित्र ‘धाकड’ सँग प्रतिस्पर्धा गर्ने भएको हो ।

अक्षय कुमारले आफ्नो ५२ औँ जन्मदिनका अवसरमा भारतका प्रतिष्ठित राजा ‘पृथ्वीराज चौहान’ को कथा पर्दामा आउने घोषणा गरेका हुन् । अक्षयले आफू यो चलचित्रको हिस्सा बन्न पाउँदा एकदमै खुशी लागेको बताएका छन् ।

यता बलिउड क्वीन कंगनाको धाकड भने यो वर्ष प्रदर्शन हुँदैन । उक्त चलचित्र आगामी वर्ष तिहारमा अक्षयको चलचित्रलाई चुनौती दिने हिसाबले प्रदर्शनमा आउने तयारी रहेको छ ।

यो चलचित्रको टिजर र ट्रेलर भने सार्वजनिक भइसकेको छ । कंगनालाई एकदमै आकर्षक देखिएको छ । उनको फाइटर अवतारलाई फस्ट लुक र टिजरमा एकदमै रुचाइएको छ ।

यस्तै सन् २०२० मा रणवीर कपूर र सलमान खानको चलचित्र पनि आउँदैछन् ।

प्रकाशित मिति: Sep 9, 2019

प्रतिक्रिया दिनुहोस्