Logo
८ बैशाख २०८१, शनिबार
(September 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एसिड आक्रमणकी पिडितलाई भेट्न अस्पताल पुगे मुख्यमन्त्री राउत, ‘हरसंभव उपचार होस्’

एसिड आक्रमणमा परी घाइते भएकी वीरगन्जकी किशोरी मुस्कान खातुनको स्वास्थ्य अवस्थाबारे प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले जानकारी लिएका छन् ।

मुख्यमन्त्रीसहित प्रदेश २ मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, संघीय सांसद प्रदीप यादव लगायतले सोमबार कीर्तिपुर अस्पतालमा पुगी मुस्कान र उनका परिवारजनसँग भेट गरेका छन् ।

यसअघि नै मुख्यमन्त्री राउतले मुस्कानको उपचारका लागि पाँच लाख रुपैयाँ दिने घोषणा गरेका थिए भने सांसद यादवले पचास हजार रुपैयाँ हस्तान्तरणसमेत गरिसकेका छन् ।

मुख्यमन्त्री राउतले अस्पताल व्यवस्थापनलाई उपचारमा कुनै कसर बाँकी नराख्न आग्रह गरेका छन् । उनले पाँच लाख रुपैयाँ दिने घोषणा गरेपनि सोभन्दा बढी खर्च लागे दिन तयार रहेको अस्पताल व्यवस्थापनलाई जानकारी गराएका छन् ।

सांसद यादवले प्रतिनिधिसभा बैठकमा पनि एसिड आक्रमण प्रकरणबारे बोल्दै अपराधीलाई जन्मकैद वा फाँसीको सजाय दिनुपर्ने माग गरेका थिए । सांसद यादवले भनेका छन्, ‘हामीले मुस्कानको मुस्कान फर्काउन सबै प्रयास गर्नेछौं ।’

प्रकाशित मिति: Sep 9, 2019

प्रतिक्रिया दिनुहोस्