Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ऋतिक रोशनले किन कट्रिना कैफलाई भने ‘मजदुर’?

बलिउडका ग्रीक गोड मानिने हट नायक ऋतिक रोशनले नायिका कट्रिना कैफका बारेमा अनौठो खुलासा गरेका छन् । एकसाथ थुप्रै फिल्ममा देखिइसकेका यी दुईको केमेस्ट्रि ठूलो पर्दामा दर्शकले निकै रुचाएका छन् चाहे त्यो ‘ब्यांग ब्यांग’ होस् वा ‘जिन्दगी ना मिलेगी दोबारा ।’ तर हालै दिएको एक अन्तरवार्तामा उनले कट्रिनालाई ‘मजदुर’ बताएका छन् जसले धेरैलाई चकित बनाएको छ ।

हिन्दुस्तान टाइम्सलाई दिएको अन्तरवार्तामा उनले कट्रिना कैफबारे यस्तो भने, ‘यो कुरा म कट्रिनालाई सधैं भन्न चाहन्थेँ । जसलाई उनी एक अपमानको रुपमा लिन्छिन् तर यसको अर्थ यो हो कि म राम्रो उद्देश्यसहित उनको प्रशंसा गर्छु ।’

ऋतिक रोशनले भने, ‘म कट्रिनालाई एक ‘मजदुर’ ठान्छु । अहिलेसम्म मैले जोसँग काम गरे, उनी सबैभन्दा उत्कृष्ट हुन् ।’

कट्रिना कैफको तारिफ गर्दै ऋतिक रोशन थप्छन्, ‘म तपाईंलाई भनिरहेको छु कि उनीभित्र ‘मजदुर’ छ । उनी हेर्दा मात्र सुन्दर र हट देखिन्छिन् । यो बाहिरी सुन्दरता मात्रै हो तर उनीभित्र एक मजदुर छन् । उनी निकै प्रतिभाशाली छिन् । ’

कामको कुरा गर्नु पर्दा हालै ऋतिक रोशनको फिल्म ‘सुपर ३०’ रिलिज भएको छ र उनको टाइगर श्राफसँग अर्को फिल्म ‘वार’ प्रदर्शनका लागि तयार रहेको छ ।

प्रकाशित मिति: Sep 9, 2019

प्रतिक्रिया दिनुहोस्