Logo
१३ बैशाख २०८१, बिहीबार
(September 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टोकियोमा दशक यताकै शक्तिशाली आँधी ‘फाई’, जनजीवन प्रभावित

जापानको राजधानी टोकियोमा फाई आँधीका कारण जनजीवन प्रभावित भएको छ । फाई आँधीका कारण टोकियो नजिकै ल्याण्डफल भएको छ ।

फाई आँधीका कारण २१० किलोमिटर प्रति घण्टाको गतिमा हावा चलेको छ । पछिल्लो एक दशकमा राजधानी टोकियोमा आएको यो शक्तिशाली आँधी हो । आँधीकै कारण १३० भन्दा बढी उडान रद्द हुनुका साथै रेल सेवा पनि बन्द भएको छ ।

९ लाख भन्दा बढी घरमा विद्युत आपूर्ति बन्द भएको छ । जापानको सरकारी सञ्चारसंस्था एनएचकेका अनुसार विद्युत आपूर्ति बन्द हुँदा टोकियो क्षेत्रमा मात्रै ९ लाख १० हजार मानिस प्रभावित भएका छन् ।

प्रकाशित मिति: Sep 9, 2019

प्रतिक्रिया दिनुहोस्