Logo
११ बैशाख २०८१, मंगलबार
(September 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उर्जामन्त्री पुन र यूएईका राजदूतबीच भेटवार्ता

  काठमाडौं  :  उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ र संयुक्त अरब इमिरेटस् (यूएई)का राजदूत Mr.Saeed Hamdan Al Naqei   बीच भेटवार्ता भएको छ । भेटवार्तामा द्धिपक्षिय र आपसी सम्बन्धका विषयमा छलफल भएको थियो ।

छलफलमा मन्त्री पुनले नेपालको उर्जा क्षेत्रमा लगानीको लागी उपयुक्त वातावरण बनेको भन्दै युएईका लगानीकर्तालाई नेपालमा लगानीको लागी प्रेरित गरिदिन आग्रह गरे । उनले दुई देशबीचको सम्बन्ध परापूर्व कालदेखी नै घनिष्ट रहेको भन्दै आगामी दिनमा समेत सम्बन्ध अझै सुमधुर भएर अघि बढ्ने विश्वास व्यक्त गरे ।

भेटमा राजदूत सहिदले उर्जा क्षेत्रमा सरकारसंग काम गर्न युएई इच्छुक रहेको धारणा व्यक्त गरे । उनले युएईले पनि तेल र ग्यांसको सट्टा उर्जामा ध्यान केन्द्रित गर्न लागेको जानकारी दिंदै नेपालमा पनि लगानीको लागी आफुले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

२४ औं विश्व उर्जा सम्मेलनमा भाग लिन युएई भ्रमणमा जान लागेका मन्त्री पुनलाई राजदूत सहिदले आईतबार सिंहदरवारस्थित उर्जामन्त्रालयमै पुगेर कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।

उर्जामन्त्री युएई भ्रमणमा जाने
उर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ युएईको ३ दिने भ्रमणमा जांदै हुनुहुन्छ । युएईमा आयोजना हुन लागेको २४ औं विश्व उर्जा सम्मेलनमा भाग लिन मन्त्री पुन आईतबार सांझ नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

सम्मेलनमा ७० मुलुकका उर्जामन्त्रीहरुको सहभागीता हुनुको साथै विश्भरबाट ५ सयभन्दा बढी कम्पनीका कार्यकारी अधिकृत र २५० जना वक्ताहरुको सहभागी समेत रहनेछ । १ सय ५० देशको सहभागीता रहने उक्त सम्मेलनमा तेल, ग्यास, जलविद्युत, पुर्वाधार, उर्जा उत्पादन, वैकल्पिक उर्जा, नविकरणिय उर्जा र ग्रिड प्रविधिको बिषयमा छलफल हुनेछ ।

मन्त्री पुनले सम्मेलनमा  ‘Energy, water, food, an eco system on the lusp ’ बिषयमा आफ्नो धारणा राख्ने कार्यक्रम छ । उनी भदौ २६ मा स्वदेश फर्कने कार्यक्रम रहेको प्रमुख स्वकिय सचिव दूर्गा चापागांईले बताए ।

प्रकाशित मिति: Sep 8, 2019

प्रतिक्रिया दिनुहोस्