Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हिरासतबाट छुटे गोविन्द, निर्माताद्वय राई र खड्कालाई लगाए यस्तो आरोप

काठमाडौं : निर्माता गोविन्द शाही हिरासतमुक्त भएका छन् ।

अपराधिक विश्वासघातको मुद्दामा १५ दिन प्रहरी हिरासतमा रहेका शाही सर्वाेच्च अदालतको भदौ १८ गतेको आदेशबाट रिहा भएका हुन् ।

उनले एक विज्ञप्ति जारी गर्दै निर्माताद्वय मिलन चाम्लिङ राई र सुदीप खड्काले पद, शक्ति र सम्बन्धको आडमा कानुनको दुरुपयोग गरेर आफूलाई हिरासतमा बस्न बाध्य बनाएको आरोप लगाएका छन् ।

दुईवर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘लिलिबिली’बाट प्राप्त ८७ लाख ७४ हजार ७ सय ६५ रुपैयाँ (शेयर) लुकाएको भन्दै निर्माता शाहीविरुद्ध राई र खड्काले महानगरीय अपराध महाशाखा टेकुमा उजुरी दिएका थिए ।

सोही उजुरीको आधारमा उनलाई प्रहरीले कमलपोखरी स्थित काफिया फिल्मस्को कार्यालयबाट पक्राउ गरेको थियो । रिहा भएपछि गोविन्दले आफू अन्यायमा परेको बताएका छन् ।

 

प्रकाशित मिति: Sep 8, 2019

प्रतिक्रिया दिनुहोस्