Logo
७ बैशाख २०८१, शुक्रबार
(September 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एसिया कप यू-१९ क्रिकेट : नेपालले बंगलादेशलाई दियो २६२ रनको लक्ष्य

एसिया कप यू-१९ क्रिकेटमा आज नेपाल र बांग्लादेशबीच खेल जारी रहेको छ । आज बिहान १०: १५ बजे सुरु भएको खेलमा नेपालले बंगलादेशलाई २६२ को लक्ष्य दिएको हो ।

कोलम्बोमा जारी एसिया कप यू-१९ क्रिकेटमा नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २६१ रनको योगफल जोड्न सफल भएको हो । बंगलादेशविरुद्ध खेलमा नेपालले पहिलो ब्याटिङ गरेको थियो । एसिया कपको अघिल्लो चरणमा स्थान सुरक्षित गर्न पनि बलियो टेस्ट राष्ट्र बंगलादेशलाई पराजित गर्नुपर्नेछ ।

खेलमा रित गौतम ३२, महम्मद आशिफ सेख ३, कुशल मल्ल २८, पवन सर्राफ ८१, कप्तान रोहितकुमार पौडेल १४, भिम सार्की २१, सुदिप झोर्रा ५६, रसिद खान ६ रनमा आउट भए । कमल सिंह एरीले नटआएट ९ र हरि बहादुर चदहानले १ रन बनाए ।

पहिलो खेलमा नेपाल घरेलु टोली श्रीलंकासँग ५ विकेटले पराजित भएकाले पनि नेपालका लागि दोस्रो खेलमा जित निकाल्नुपर्ने दबाब छ । पहिलो खेलको पराजयले नेपालको यात्रा कठिन बनेको छ । समूह चरणको अन्तिम खेलमा नेपालले मंगलबार युएईसँग खेल्नेछ । समूहको शीर्ष दुई टिम सेमिफाईनलमा पुग्नेछन् । नेपालविरुद्ध बंगलादेशको युवा टिमको इतिहास बलियो रहेको छ ।

पछिल्लो पाँच भेटमा बंगलादेशले ४ खेलमा जित निकाल्दा एक खेल वर्षाले नतिजाविहिन भएको थियो । नेपालले भने एकपटक पनि जित निकाल्न सकेको छैन ।

यसै समूहको अर्को खेलमा श्रीलंकाले युएईको सामना गर्नेछ। श्रीलंका लगातार दुई जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यमा छ। अर्को समूहबाट भने भारत र अफगानिस्तानले सेमिफाइनलमा स्थान बनाउन सफल भए ।

अफगानिस्तानले पाकिस्तानलाई पछि पार्दै सेमिफाइनलमा स्थान बनायो । पछिल्लो समय अफगानिस्तानको राष्ट्रिय टिमसहित युवा टिम पनि बलियो देखिएको छ ।

प्रकाशित मिति: Sep 8, 2019

प्रतिक्रिया दिनुहोस्