Logo
१३ बैशाख २०८१, बिहीबार
(September 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनको मूल्य ओरालो लाग्दै

  काठमाडौं :  यो साल आजसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ विस्तारै ओरालो लाग्ने क्रममा छ । साताको पहिलो दिन आज आइतबार सुनको मूल्य ह्वात्तै घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलाको ५ सय र चाँदी प्रतितोला १५ रुपैयाले घटेको हो । प्रतितोला १ हजार ४ सय रुपैयाँले घटेको शुक्रबार छापावाल सुन आज ५ सयले घटेको महासंघले जनाएको छ ।

स्थानीय बजारमा छापावाला सुनको मूल्य ७१ हजार ५ सय कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाला सुन प्रतितोला ७२ हजारमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मूल्य ७१ हजार २ सय कायम भएको छ ।

प्रकाशित मिति: Sep 8, 2019

प्रतिक्रिया दिनुहोस्