Logo
१२ बैशाख २०८१, बुधबार
(September 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

म मेरो बुबाको जीवनमा फिल्म बनाउने सोचमा छु : सञ्जय दत्त

एजेन्सी : बलिउड चर्चित अभिनेता सञ्जय दत्तले आफ्नो बुबा सुनील दत्तको जीवनमा आधारित फिल्म बनाउने योजना सार्वजनिक गरेका छन् ।

आगामी फिल्म ‘प्रस्थानम’को ‘टाइटल ट्रयाक’ प्रक्षेपण गर्न जयपुर पुगेका उनले आफन्त, साथीभाइ र फिल्मकर्मीसँगको छलफलमा सो कुरा सुनाएका हुन् ।

उनले भने, ‘म मेरो बुबाको जीवनमा फिल्म बनाउने सोचमा छु, त्यसका लागि काम थाल्छु । उहाँको जीवन यात्रा एकदमै शानदार थियो, जुन पर्दामा ल्याउनु पर्छ ।’

उनले भने, ‘मेरा बाबुआमा मेरो भगवान् हुनुहुन्छ र उहाँहरुभन्दा माथि जान मन छैन । उहाँ अभिनेता होइन, उहाँ मेरो नायक हुनुहुन्छ । म कति ठूला र हिट फिल्महरू बनाउँछु, तर म उहाँहरूभन्दा तल बस्छु । कुरा गर्ने हो भने, मनीषा कोइराला र ज्याकी श्राफ दुवै महान र लडाकू हुन् । ज्याकी मेरो प्रिय चिज हो ।’

सञ्जय शुक्रबार मन्याता दत्त, अली फजल, अमायरा दस्तुर र सत्यजित दुबेका साथ थिए ।

प्रकाशित मिति: Sep 7, 2019

प्रतिक्रिया दिनुहोस्