Logo
७ बैशाख २०८१, शुक्रबार
(September 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकामा फेला पर्यो अनौठो सर्प

वाशिङटन :  संयुक्त राज्य अमेरिकाको न्यूजर्सीस्थित जंगलमा दुईवटा टाउको भएको अर्थात् दुईमुखे अनौठो सर्प भेटिएको छ । वातावरणवादी समूह अध्ययन भ्रमणका लागि सो स्थानमा जाँदा त्यस्तो सर्प फेला परेको हो ।

त्यसको नाम डबल डेभ राखिएको छ । सो सर्पका पूर्ण विकसित २ वटा टाउका, ४ वटा आँखा र २ वटा जिब्रो पाइएका छन् । ती सबैले स्वतन्त्रतापूर्वक काम गरिरहेको देखिएको छ । वातावरणविद् डेभीड स्केनदरले सो सर्पलाई बाँच्न निकै कठीन जस्तो देखिएको जनाए ।

उनी र उनका साथीले सर्पको नाम डबल डेभ राखेका हुन् । सर्प भेट्ने दुवैको नाम डेभीड भएकोले सर्पको नाम पनि उनीहरुले त्यसैसँग जोडेर डेभीडको स्थानमा डेभ गरेर डबल डेभ राखेका हुन् । उनीहरुले सो सर्पलाई गएको अगस्ट २५ का दिन फेला पारेका थिए । (बीबीसी)

प्रकाशित मिति: Sep 6, 2019

प्रतिक्रिया दिनुहोस्