Logo
१३ बैशाख २०८१, बिहीबार
(September 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दोलखामा खोलाले कार बगाउदा १ को मृत्यु, २ जना घाईते

दोलखा : दोलखामा खोलाले कार बगाउदा एक जनाको मृत्यु भएको छ ।

दोलखाको कालिञ्चोक गाउँपालिका-९ स्थित सुन्द्रावती खोलाले कार बगाउंदा एक जनाको मृत्यु हुनुको साथै अन्य दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा तामाकोशी गाउंपालिका-३ जफेका २४ वर्षीय अनिश पोखरेल हुन् । घाईते विकज पोखरेल र पवन पौडेलको सदरमुकाम चरिकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दोलखाको सिङ्गटीबाट चरिकोटतर्फ आउंदै गरेको इकोस्पोट बा १९ च ४३९० नम्बरको कार गए राति सुन्द्रावतीखोला तर्ने क्रममा आएको बाढीले बगाएको हो ।

प्रकाशित मिति: Sep 6, 2019

प्रतिक्रिया दिनुहोस्