Logo
१३ बैशाख २०८१, बिहीबार
(September 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारद्वारा दूधको मूल्यमा वृद्धि, प्रतिलिटर ७६ रुपैयाँमा बिक्री

  काठमाडौं :   सरकारले दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँका दरले बढाएको छ । संस्थानका अनुसार दूधको मूल्य शनिबारदेखि लागू हुने गरी बढाइएको हो ।

अब दूधको मूल्य प्रतिलिटर ७६ रुपैयाँ पुगेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले प्रतिलिटर ६ रुपैयाँका दरले दूधको मूल्य बढाउन परिपत्र गरेपछि दूधको मूल्य बढाइएको दुग्ध विकास संस्थानले जनाएको छ ।

दुग्ध व्यवसायीहरुले लामो समयदेखि दूधको मूल्य बढाउन माग गर्दै आएका थिए । व्यवसायीहरुको मागअनुसार दूधको मूल्य बढाउनेबारे अध्ययन गर्न सरकारले कार्यदल नै गठन गरेको थियो ।

दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्त नेतृत्वको कार्यदलले सरकारलाई बढी दूध उत्पादन हुने समयमा प्रतिलिटर ५ रुपैयाँ ७१ पैसा मूल्य बढाउन सकिने प्रस्ताव गरेको थियो । यस्तै, दूधको उत्पादन कम हुने समयमा भने प्रतिलिटर १० रुपैयाँसम्म बढाउन सकिने कार्यदलले सिफारिस गरेको हो ।

बढेको मूल्यमध्ये किसानले प्रतिलिटर ४ रुपैयाँ १६ पैसा पाउनेछन् भने व्यवसायीले १ रुपैयाँ ८४ रुपैयाँ पाउनेछन् ।

प्रकाशित मिति: Sep 5, 2019

प्रतिक्रिया दिनुहोस्