Logo
१२ बैशाख २०८१, बुधबार
(September 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भोलि (शुक्रबार) सार्वजनिक विदा (विज्ञप्तिसहित)

प्रदेश ३ स्थित काठमाडौं जिल्लाको पूर्वीभेग कागेश्वरी मनोहरा नगरपालिकामा भोलि (शुक्रबार) सार्वजनिक बिदा हुने भएको छ । नगरपालिकाले कागेअष्टमीको अवसरमा नगरभित्र बिदा दिने निर्णय गरेको हो ।

कागेश्वरी मन्दिरमा आज (बिहीबार) साहित्यक कार्यक्रम राखिएको छ। भोलि (शुक्रबार) मेलाको हुने र २१ गते मन्दिरको सरसफाइ गर्ने कार्यक्रम तय भएको नगरपालिकाले जनाएको छ । नगररपालिकाले मेलामा ५० हजारभन्दा बढी दर्शनार्थी आउने अनुमान गरेको छ ।

किंवदन्ती अनुसार परापूर्वकालमा कागले गाईको दूध पहरामा रहेको शिवलिङ्गमा चढाउँदै गरेको गोठालाले देखेपछि त्यहाँ खोस्रेर हेर्दा महादेवको मूर्ति फेला परेको र त्यही बेलादेखि मन्दिरको नाम कागेश्वरी महादेव रहन गएको जनविश्वास छ।

नगरपालिकाको वडा नम्बर १ स्थित कागेश्वरी महादेव मन्दिरमा कागेअष्टमी (भाद्रशुल्क अष्टमी) मा मेला लाग्ने गर्छ । यस पटक पनि अष्टमी देखि ३ दिनसम्म लाग्ने मेला आयोजना गरिएको छ ।

कागेश्वरीको प्रर्वद्धनको लागि मेला आयोजना गरिएको कागेश्वरी मनोहरा नगरपालिका मेयर कृष्णहरि थापाले बताउनुभयो ।

‘कागेश्वरी प्रसिद्ध धार्मिक स्थल हो, त्यही भएर नगरपालिकाको नाम नै आधारित मानेर राखिएको छ’ उहाँले भन्नुभयो,‘नगरपालिकाले त्यो ठाउँलाई धार्मिकको साथै पर्यटकीय स्थलको रूपमा विकास गर्ने योजना बनाएको छ ।’

विज्ञप्ति : 

 

प्रकाशित मिति: Sep 5, 2019

प्रतिक्रिया दिनुहोस्