Logo
८ बैशाख २०८१, शनिबार
(September 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ स्थित हंशपुर नगरपालिकाका मेयर मण्डलसहित ३ जनाविरुद्ध किटानी जाहेरी दर्ता

मेयर रामज्ञान मण्डल

जनकपुरधामः प्रदेश २ स्थित धनुषाको हंशपुर नगरपालिकाको कार्यालय सार्ने विषयमा भएको झडपको क्रममा घाइते भएका मध्ये तपेश्वर मण्डलको मृत्यु भएपछि ३ जनामाथि जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी परेको छ ।

झडपमा गम्भीर घाइते भएका हँसपुर नगरपालिका २ बस्ने ५५ वर्षीय तपेश्वर मण्डलको बुधबार राति मृत्यु भएको थियो ।

मृत्यु भएका तपेश्वर मण्डलका परिवारले बिहीबार जिल्ला प्रशासन कार्यालयमा उजुरी दिँदै मेयर रामज्ञान मण्डल, हंशपुर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष उदय सिंहलाई पक्राउ गर्न माँग समेत गरेका छन् ।

मण्डलको मृत्यु पछि आक्रोशित बनेका हँसपुरका स्थानीयवासीले मेयर मण्डल विरुद्ध प्रदर्शन गरेका छन् । प्रदर्शनको क्रममा उनीहरुले मेयर मण्डल माथि कडा कारबाही हुनुपर्ने माँग गरेका छन् ।

हंशपुर नगरपालिकाका उपमेयर रेणु झाले झडपको क्रममा घाइते बनेका तपेश्वर मण्डलको मृत्यू मेयर रामज्ञान मण्डल, वडा नम्बर ३ का अध्यक्ष उदय सिंह र वडा सदस्य श्याम राउतलाई तत्काल कारवाही गर्न माँग गरेकी छिन् ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी ९नेकप० का नेता रामचन्द« झाले झडपमा मृत्यु भएको तपेश्वर मण्डल आफ्नो पार्टीको कार्यकर्ता रहेको भन्दै उनले मेयर लगायतका यसमा संलग्न रहेकाहरुलाई तुरन्तै पक्राउ गरी कारबाही गर्न माँग गरेका छन् ।

नेता रामचन्द्र झाले कारवाही नगरिएमा आफुहरु बाध्य भएर आन्दोलनमा उत्रिने चेताबनी समेत दिएका छन् । गत साउन २१ गते नगरपालिकाका मेयर रामज्ञान मण्डलले प्रहरीको सहयोगमा बघचौडामा रहेको साबिकको कार्यालयका सामग्रीहरु जबर्जस्ती लैजान खोजेपछि उपमेयर रेणु झा सहित स्थानीयले अवरोध गरेका थिए ।

त्यसक्रममा प्रहरीले लाठी चार्ज गर्दा मृतक मण्डल सहित आधा दर्जन स्थानीय घाइते भएका थिए । झडपमा परी घाइते भएका मण्डललाई तत्कालै जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको थियो ।

अञ्चल अस्पतालमै उपचाररत रहेका मण्डलको बुधबार राती मृत्यु भएको छ । मृत्युपछि अस्पतालसमेत तनावग्रस्त बनेको थियो । झडपको क्रममा प्रहरीले लाठीचार्ज गर्दा मण्डलको ढाडको तल्लो भागमा गम्भीर चोट लागेको थियो ।

प्रकाशित मिति: Sep 5, 2019

प्रतिक्रिया दिनुहोस्