Logo
११ बैशाख २०८१, मंगलबार
(September 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल टेलिकमको मिस्ड कल अलर्ट सेवा सञ्चालनमा

काठमाडौं :  नेपाल टेलिकमले मिस्ड कल अलर्ट सेवा सुरु गरेको छ । यस सेवाबाट तपाइले छुटेको कलका बारेमा थाहा पाउन सक्नुहुन्छ ।

यस सुविधामार्फत मोबाइल नेटवर्क नभएको, ब्याट्री सकिएर वा अन्य कारणले मोबाइल फोन स्विच अफ भएको र तपाईको फोन व्यस्त हुँदा सम्पर्क हुन नसकेको अवस्थामा तपाईंले आफ्नो मोबाइलमा आएका सबै कलका जानकारी पाउन सक्नुहुनेछ । पछि ती आगमन कलका बारेमा सन्देश (एसएमएस) मार्फत जानकारी पाउन सकिन्छ ।

यो सुविधा नेपाल टेलिकमले मिस्ड जीएसएम पोष्टपेड तथ प्रिपेड मोबाइलमा उपलब्ध गराएको छ । यो सेवा विदेश गई रोमिङमा रहेको अवस्थामा पनि त्यहाँको स्थानीय नेटवर्कसँग जोडिनासाथ उपलब्ध हुनेछ ।

आफ्नो मोबाइलमार्फत *1400# डायल गरेर दिइएका विकल्प अनुसार अथवा  SUB mca लेखेर 1400 मा एसएमएस पठाई यो सुविधा प्राप्त गर्न सकिन्छ ।

साथै कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यो सेवा प्रयोगमा ल्याउन सकिन्छ । कम्पनीले यो सेवा प्रति महिना जम्मा ६ रुपैँयामा उपलब्ध गराएको छ । यो सेवामा कुनै समस्या आएमा १४९८ मा डायल गरी समाधान गर्न सकिन्छ ।

नेपाल टेलिकमको वेबसाइट https://www.ntc.net.np/pages/view/missed-call-alert-mca मार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ ।

प्रकाशित मिति: Sep 5, 2019

प्रतिक्रिया दिनुहोस्