Logo
८ बैशाख २०८१, शनिबार
(September 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेशी नागरिक समाजले थाल्यो अभियान: ‘डिजिटल मधेश-आधुनिक मधेशी’

मधेशी नागरिक समाजले मधेशी समुदायका नागरिकलाई ‘आधुनिक मधेशी’ बनाउने उद्देश्यले ‘डिजिटल मधेश’ अभियान थालेको छ ।

उस्ले सबै मधेशी जनतालाई प्रविधिमेत्री बनाउने उद्देशयका साथ सुरुमा वित्य शिक्षा, डिजिटकल शिक्षा र त्यसपछि बैंक खाता अनिवार्यताको अभियान थालेको हो ।

मधेशी नागरिक समाजको विशुद्ध स्वंयसेवी अभियान अन्तरगत मधेशी मूलका नेपाली जनतालाई डिजिटल मेत्री बनाउने प्रयास थालिएको समाजका संयोजक गणेश मण्डलले बताए ।

‘मधेशीहरु परापुर्व कालदेखि नै टेक्निकल शिक्षामा अग्र स्थानमा रहेका छन्’ उनले भने ‘आजको २१ औ शताब्दी टेक्नोलोजी र आधुनिकताको युग भएकोले पनि यो यूग मधेश र मधेशीको यूग हो तर्सथ यही बुझईका साथ हामिले यो अभियान संचालन गरेका हौं ।

समाजका संयोजक गणेश मण्डल

के हो डिजिटल मधेश ?
मधेशी नागरिक समाजद्वारा प्रदेश १ र २ अन्तरगत पर्ने झापा जिल्लादेखि पर्सासम्मका ११ जिल्ला १८० स्थानीय तह १६८० वडा, करिब ५ हजार गाउँ, २५ हजार टोल, १८ लाख घरपरिवार र १ करोड जनसंख्यालाई लक्षित गरेर आधुनिकिकरण गर्ने उदेश्यले संचालन गरिएको डिजिटल अभियान हो ।

जसको लक्ष्य मधेशीलाई आइटी संरचनामा सुधार, बाँडिएका बिभिन्न संरचनाहरुलाइृ एकिकृत गर्दै सम्पुर्ण सरकारी गौरसरकारी बिभागलाई डिजिटलीकरण गरि शासन–प्रशासनलाई पारदर्शी बनाउनु हो ।

यो अभियान मधेशी नागरिक समाजको बिशुद्ध समाजिक अभियान हो । यस अभियानलाई मधेशको ग्रामीण क्षेत्रसम्म पुर्याएर डिजिटल लकर प्रणाली, क्यासलेस कारोबार, डिजिटल हस्ताक्षर, इगर्भनेन्स र स्थानीय तहमा राज्यको सुबिधाहरुको बारेमा आम नागरिकमा (डिजिटल सेवा केन्द्र) मार्फतजागरण फैलाउनु हो ।

यस अभियानले मधेशमा सरकारी संस्था तथा सेवालाई डिजिटलीकरण गर्न अधारभूत ढाचा को निर्माण गर्न अभिप्रेरित गर्ने, नागरिकलाई डिजिटल सशक्तीकरण सहित भ्रस्टाचार माथी नियन्त्रण गर्न मद्दत हुनुका साथै डिजिटल लेन-देन, राजस्व वृद्धि हुनुको साथ साथै पैसा छपाइको खर्चलाई कम गर्नमा मद्दत गर्छ ।

यस आर्थिक पारदर्शिता एंव नगदरहित अर्थब्यबस्थाको विजारोपन मधेशमा हुनेछ । यो कार्यक्रमबाट मधेशको ११ जिल्लामा करिब ५ लाख यूवालाई रोजगारी सृजना हुने सम्भावना देखिन्छ ।

अभियानलाई सफल बनाउनकालागि केही कठिनाइहरु पनि देखिन्छ । जस्तै आम नागरिकसँग ईन्टरनेटको सुबिधा नहुनु, ईन्टरनेटको स्पीड कम हुनु, साइबर सुरक्षा, टेनोलोजी शिक्षा र जागरुकतामा अभाव आदि ।

झापादेखि पर्सासम्मको १ करोड जनसंख्यामा मात्र १० लाख नागरिकसँग स्मार्ट फोन मात्र हुनु हाम्रो लागि चिन्ताको बिषय हो ।

डिजिटल मधेश अभियानलाई सफल बनाउनका लागी मधेशमा प्राबिधिक शिक्षा बिद्यालयका बिद्यार्थीहरमा हामीले नागरिक क्याम्पेन मार्फत टेनोलोजीमा जागरुकता फैलाई डिजिटल मधेशको निर्माण कार्यलाई सफल पार्ने सपना बोकेर मधेशी नागरिक समाज अगाडि बढीरहेको छ ।

प्रकाशित मिति: Sep 5, 2019

प्रतिक्रिया दिनुहोस्