Logo
१५ चैत्र २०८०, बिहीबार
(September 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भदौ २३ गतेदेखि सहुलियत पसल सञ्चालनमा

  काठमाडौं :  सरकारले भदौ २३ गतेदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ । चाडबाडलाई लक्षित गरी उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवसहित मंगलबार बसेको बैठकले भदौ २३ गतेदेखि सहुलियत पसल सुरु गर्ने निर्णय गरेको हो ।

अघिल्लो वर्ष असोज १२ गतेदेखि सहुलियत पसल सञ्चालन भएको थियो । सहुलियत पसलमा बजारमा प्रचलित मूल्यभन्दा प्रतिकिलो २ देखि ५० रुपैयाँसम्म छुट दिइने मन्त्रालयका उपसचिव उर्मिला केसीले बताइन् । यस्ता पसलबाट आम नागरिकलाई चाडबाडको बेला धेरै राहत मिल्ने गरेको पाइएको छ ।

मन्त्रालयका अनुसार साल्ट ट्रेडिङ कर्पोरेसन्स लिमिटेड, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, दुग्ध विकास संस्थानसहित निजी व्यवसायीले पनि छुट दिनेछन् ।

प्रकाशित मिति: Sep 5, 2019

प्रतिक्रिया दिनुहोस्