Logo
७ बैशाख २०८१, शुक्रबार
(September 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फ्रेन्च निर्देशकले लगाए ‘साहो’ माथि चोरीको आरोप

प्रभास र श्रद्धा अभिनित चलचित्र ‘साहो’ लाई चोरीको आरोप लागेको छ । बक्सअफिसमा निकै राम्रो व्यापार गरिरहेको चलचित्रलाई चोरीको आरोप लागेको हो ।

समीक्षात्मक रुपमा निकै कमजोर बनेको साहोलाई फ्रेन्च निर्देशक जेरोम सालले आफू निर्देशित ‘लार्गो विन्च’बाट ‘साहो’ चोरिएको आरोप लगाएका हुन् । ट्विट मार्फत चोरीको आरोप लगाउँदै निर्देशक जेरोमले साहो निर्देशक सुजिथलाई चोरी गर्दा ढंग पुर्याएर चोरी गर्नसमेत सुझाव दिएका छन् ।

समिक्षकले चलचित्र बेकार भनेपनि यस फिल्मले पहिलो दिन नै १ सय करोड माथिको व्यापार गरेको छ भने तेस्रो दिनसम्ममा २ सय ९४ करोडको कमाइ गरेको छ ।

श्रद्धा कपुरको पनि मुख्य भूमिका रहेको चलचित्रको व्यापार राम्रो भएको छ । चलचित्रमा प्रभासको फाइटबाहेक केही आकर्षण नभएको उनीहरुको टिप्पणी छ ।

प्रकाशित मिति: Sep 5, 2019

प्रतिक्रिया दिनुहोस्