Logo
६ बैशाख २०८१, बिहीबार
(September 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इनरुवाका बिरामी शिक्षक सरोज दुलाललाई नगरपालिकाको ५ लाख

प्रदेश १ स्थित खर्च अभावमा उपचारबाट बञ्चित इनरुवाका शिक्षक सरोज दुलालको सहयोगकालागि सुनसरीको इनरुवा नगरपालिकाको कार्यालयले एकमुष्ट ५ लाख रकम सहयोग उपलब्ध गराउने भएको छ ।

नगर प्रमुख राजन मेहताको अनुरोधमा जनप्रतिनिधि सहित सम्पूर्ण कर्मचारीको तलब भत्ताबाट कटौती हुने गरी बिरामी दुलालको उपचार खर्च जुटाउन लागिएको हो ।

नगर प्रमुख, राजन मेहता

नगर प्रमुख मेहताले आफ्नो एक महिनाको तलब बिरामीको उपचारकालागि सहयोग गर्ने भएका छन् ।

त्यसैगरी अन्य जनप्रतिनिधिले समेत बुझ्दै आएको तलब भत्ताबाट कटौती हुनेगरी दुई दिनको रकम बिरामीलाई सहयोग गर्ने छन् ।

त्यसकासाथै नगरपालिका मातहतमा रहि तलब बुझ्ने सम्पूर्ण कर्मचारीको एक दिन बराबरको रकम सहयोग स्वरुप बिरामीको उपचारकालागि उपलब्ध गराउन लागिएको इनरुवा नगरपालिकाको कार्यालयले जनाएको छ ।

नगर प्रमुख मेहताले खर्च अभावमा मृत्युको मुखमा पुगेको बिरामीको जीवन रक्षाकालागि मानवीय धर्म सम्झेर सकेको सहयोग उपलब्ध गराउन लागिएको बताए ।

बोनम्यारो फेल भई सिभर एप्लाष्टिक एनिमियाको शिकार भएका दुलाल खर्च अभावमा भारतको भेलोरमा रहेको सिएमसी अस्पतालबाट घर फर्काइएका छन् ।

अस्पतालले दुई महिना भित्र उपचार नभए बिरामीको ज्यान जान सक्ने बताएको छ । बिरामीकालागि स्थानीय स्तरमा उपचार खर्च संकलन समेत गर्न थालिएको छ । बिरामीको उपचारमा करिब २० लाख खर्च हुने अनुमान गरिएको छ ।

शिक्षक, सरोज दुलाल

प्रकाशित मिति: Sep 4, 2019

प्रतिक्रिया दिनुहोस्