Logo
१२ बैशाख २०८१, बुधबार
(September 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

४३ वर्ष पुरानो बाइक विश्वकै तेस्रो महंगो बाइक बन्न सफल

सन् १९७६ मा बनेको हार्ले डेभिडसनको बाइक विश्वको तेस्रो सबैभन्दा महङगो बाइक बनेको छ । हार्ले डेभिडसन एफएलएच १२०० इलेक्ट्रा ग्लाइड मोडलको बाइक विश्वकै तेस्रो बाइक बनेको हो । उक्त बाइक भर्खरै जीडब्लुएस अक्सन कम्पनीले लिलामीमा राखेको थियो ।

२ मिलियन अमेरिकी डलरसम्ममा लिलामी हुने अपेक्षा गरिएको सो बाइक ८० हजार अमेरिकी डलरमा मात्र बिक्री भएको थियो । अपेक्षा गरिएअनुसार लिलामी नभएपछि यो बाइक विश्वकै सबैभन्दा महङगो बाइक बन्नबाट चुकेको हो ।

अगस्ट ३१ मा यो बाइक अपेक्षा गरिएको रकमको एक तिहाई रकम अर्थात ८० हजार अमेरिकी डलरमा मात्रै लिलामी भएपछि विश्वको तेस्रो महङगो बाइकमै सीमित भयो ।

सन् १९७६ मा एल्भिस प्रेस्लेले यो बाइक किनेका थिए । ३ महिना मात्र प्रयोग गरेको यो बाइक उनले आफू मर्नुभन्दा केही समय अघि हार्ले डेभिडसनलाई बेचेका थिए ।

नयाँ मालिकले किनेको भएपनि यो बाइक एल्भिसकै नाममा छ । बाइकको ओडोमिटरमा जम्मा २०० किलोमिटर गुडेको रेकर्ड छ ।

लिलामीमा सर्वाधिक महंगोमा बिक्री हुने बाइकको सूचीमा अहिले भिन्सेन्ट ब्लाक लाइटिनिङ बाइक छ । गत वर्ष यो बाइक ९२९ हजार अमेरिकी डलरमा बिक्री भएको थियो ।

प्रकाशित मिति: Sep 4, 2019

प्रतिक्रिया दिनुहोस्