Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वकप फुटबलको नयाँ लोगो र प्रतियोगिता मिति सार्वजनिक

 फिफा विश्वकपको २२ औँ संस्करण पहिलोपटक कतारमा हुँदैछ । सन् २०२२ को नोभेम्बर २१ बाट सुरु हुने विश्वकपका लागि फिफाले आधिकारीक लोगो सार्वजनिक गरेको छ ।

मध्यपुर्वको संस्कृती र प्रकृतीलाई प्रतिनिधित्व गरेर बनाइएको लोगोलाई कतार विश्वकप आयोजकले एक कार्यक्रमका विच लोगो सार्वजनिक गरिएको हो ।

कतार विश्वकपले कसरी विश्वलाई समेटेको छ भन्ने लोगोमा देख्न सकिन्छ । लोगोमा मध्यपुर्वमा रहेको मरुभूमीका साथै ८ वटा देशलाई समेटेको छ । यसका साथै विश्वकप हुने ८ वटा स्टेडियमको झझल्को पनि यो लोगोमा समावेश गरिएको छ । कतारको स्वतन्त्रता दिवसको अवसरमा यो लोगो सार्वजनिक गरिएको हो ।

उक्त प्रतियोगिता नोभेम्बर २१ बाट सुरु भएर डिसेम्बर १८ मा सम्पन्न हुनेछ । प्रतियोगितामा ३२ टोली सहभागी हुनेछन् ।

यसअघिका संस्करण गर्मी महिनामा हुँदै आएका थिए । तर गर्मी महिनामा कतारको तापक्रम बढी हुने भएकाले आगामी विश्वकप जाडो याममा गर्न लागिएको हो ।

विश्वकप छनोटको दोस्रो चरणमा समूह ‘बी’मा रहेको नेपाली टोलीले बिहीबार राति पौने ११ बजे हुने कुवेतविरुद्धको खेलबाट विश्वकप यात्रा सुरु गर्दैछ ।

प्रकाशित मिति: Sep 4, 2019

प्रतिक्रिया दिनुहोस्