Logo
१३ बैशाख २०८१, बिहीबार
(September 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रविको मुद्दामा उच्च अदालतले दियो कैफियत प्रतिवेदन बुझाउन आदेश

काठमाडौँ :  पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणपछि कानुनी झमेलामा रहेका रवि लामिछाने ‘आत्महत्या दुरुत्साहन’ मुद्दा खेपिरहेका छन् । आज उच्च अदालत हेटौँडामा दर्ता गराएको पुनरावेदन निवेदनमा अदालतले लामिछानेसँग कैफियत प्रतिवेदन माग गरेको छ ।

साउन २० मा पुडासैनीले आत्महत्या गरेपछि दुरुत्साहन मुद्दामा जिल्ला अदालत चितवनबाट ५ लाख धरौटीमा लामिछाने र युवराज कँडेल ३ लाख धरौटीमा रिहा भएका थिए । उनीहरुले मंगलबार पुनरावेदनका लागि निवेदन गरेका थिए ।

उनीहरुको निवेदनमा न्यायाधीश टेकराज नेपालको इजलाशले पहिलो सुनुवाई गर्दै चितवन अदालतमा रहेका सम्पूर्ण विवरण मगाउने आदेश गरेको हो ।

पुडासैनीले मृत्युअघि रेकर्ड गरिएको भनेको भिडियोमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीले आफूलाई आत्महत्या गर्न बाध्य पारेको बताएका थिए । त्यही भिडियोको आधारमा प्रहरीले रवि, युवराज र अस्मितालाई पक्राउ गरेको थियो ।

चितवन जिल्ला अदालतले थुनछेक बहसपछि रवि लामिछानेलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो । लामिछानेसँगै हिरासतमा रहेको अर्का पत्रकार युवराज कँडेल ३ लाख र रुकु भनिने अस्मिता कार्की साधारण तारेखमा रिहा भएकी थिइन् ।

उक्त आदेशप्रति असन्तुष्टी जनाउँदै लामिछाने उच्च अदालत पुगेका हुन् ।

प्रकाशित मिति: Sep 4, 2019

प्रतिक्रिया दिनुहोस्