Logo
७ बैशाख २०८१, शुक्रबार
(August 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकारको जिम्मेवारी र भूमिका आफैँमा चुनौतीपूर्ण छ : गभर्नर

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले पत्रकारको जिम्मेवारी र भूमिका आफैँमा चुनौतीपूर्ण रहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज सेजनको २० औ वार्षिक साधारणसभा एंव अधिवेशनलाई शनिबार सम्बोधन गर्दै गभर्नर नेपालले समाचार लेखेकै आधारमा ज्यान जोखिममा पर्ने गरेको देखिएकाले पत्रकारको जिम्मेवारी र भूमिका आफैँमा चुनौतीपूर्ण रहेको बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा आउने गलत सूचनाले पत्रकारिता क्षेत्रमै नयाँ चुनौती थपेको भन्दै संवेदनशील हुन संचारक्षेत्रलाई आग्रह गरे । सामाजिक सञ्जालको व्यापकता र फेसबुकमा आउने गलत सूचनाले भ्रम श्रृजना गराउने काम भइरहेको पनि बताए ।

सामाजिक सञ्जालमा आएका सूचनालाई नै समाचार मान्ने प्रवृत्ति बढ्दै जाँदा संचार क्षेत्रको सही भूमिका नै छायामा पर्ने भन्दै उनले त्यसतर्फ सबै संचारकर्मी र संचारगृहले सावधानी अपनाउनुपर्ने उल्लेख गरे।

उनले सामाजिक सरोकार तथा हितहुने र सरकारको नीतिमा परिर्वतन आउने खालका समाचारलाई पत्रकारले प्राथमिकता दिनुपर्ने बताए। उनले नेपाली संचारजगत अझै पनि अत्याधुनिक सूचना प्रविधिसँग प्रतिष्पर्धी बन्न नसकेको टिप्पणी गरे। कार्यक्रममा सेजनका पूर्वअध्यक्ष प्रतिक प्रधानले आर्थिक पत्रकारिता बलियो भएर अघि बढ्नुपर्ने आवश्यकता औल्याए।

कार्यपालिकाले न्यायपालिका र व्यवस्थापिलाई नियन्त्रणमा लिएको अवस्थामा जनताको हितका लागि लड्ने संस्थाको रुपमा रहेको पत्रकारको भूमिका भने अपेक्षित बलियो हुन नसकेको टिप्पणी गरे। अधिवेशनले आगामी २ वर्षका लागि सेजनको नयाँ नेतृत्व चयन गर्नेछ

प्रकाशित मिति: Aug 31, 2019

प्रतिक्रिया दिनुहोस्