Logo
१३ बैशाख २०८१, बिहीबार
(August 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जाजरकोटमा मौसमी फ्लुका कारण स्थानीयवासी विरामी, स्वास्थ्य संस्थामा सिटामोलसमेत अभाव

जाजरकोट : जूनीचाँदे गाउँपालिका वडा नम्बर १० र ११ को सिर्फ र कोताङमा मौसमी फ्लुका कारण स्थानीयवासीहरु बिरामी परेका छन् ।

सदरमुकामबाट पैदल दुई घण्टा टाढाको दूरी रहेको सिर्पमा एक सातादेखि मौसमी फ्लु देखा परेको स्वास्थ्य कार्यालय, जाजरकोटका प्रमुख गौरव ढकालले जानकारी दिए । जिल्ला सदरमुकामस्थित स्वास्थ्य कार्यालय औषधि पठाउने कार्य सुरु गरिएको उनले बताए ।

कोताङस्थित स्वास्थ्य संस्थामा सिटामोलसम्म नभएको कोताङ स्वास्थ्यका प्रमुख अशोक यादवले जानकारी दिए । गाउँपालिकाले औषधि खरिद नगरेको र जिल्लाबाट पनि आइनपुगेको उनले बताए ।

स्वास्थ्य संस्थामा सिटामोल, सिरिन्ज देखि सामान्य औषधि नभएको यादवले जानकारी दिए । उनका अनुसार संस्थामा दैनिक १०० भन्दा बढी बिरामी आउने गरेका छन् ।

जूनीचाँदे गाउँपालिका स्वास्थ्य संयोजक विष्णु गिरीले पनि औषधि अभाव भएको बताए । जिल्लाकै दुर्गम सिर्पमा यातायातको पहुँच नभएका कारण औषधि ढुवानीमा समस्य परेको हो ।

प्रकाशित मिति: Aug 31, 2019

प्रतिक्रिया दिनुहोस्