Logo
१३ बैशाख २०८१, बिहीबार
(August 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गायक विश्वराम कार्कीको ‘कतिन्जेल बस्नु’ सार्वजनिक (भिडियो सहित)

काठमाडौँ :  गायक विश्वराम कार्कीको सुमधुर आवाजमा रहेको आधुनिक गित ‘कतिन्जेल बस्नु’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

विभिन्न चर्चित गीतहरु सांगीतिक बजारमा पस्किसकेका गायक विश्व आरके सुमधुर स्वरका धनि छन् । विभिन्न स्टेज कार्यक्रम इभेन्टहरुमा समेत आफ्नो जादुमय आवाजले दर्शक श्रोतालाई मनोरंजन दिन सफल गायक विश्वराम कार्कीको ‘कतिन्जेल बस्नु’ अहिले चर्चाको शिखर टेक्दै गरेको छ ।

गायक विश्वरामको नै शब्द रचना रहेको यस गीतमा गायकको आफ्नै संगीत कम्पोज रहेको छ भने प्रमोद निर्वाणले एरेन्ज गरेका छन् ।

डिभाइन ड्रिम स्टुडियोको छयांकन तथा सम्पादन रहेको सार्बजनिक म्युजिक भिडियोलाइ सैलेन्द्र ढकालले निर्देशन गरेका छन् । भिडियोमा मोडल अम्बिका लुइटेल, जिबन, रमेश तथा नमराजलाइ फिचर्ड गरिएको छ ।

प्रकाशित मिति: Aug 30, 2019

प्रतिक्रिया दिनुहोस्