Logo
१५ चैत्र २०८०, बिहीबार
(August 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालकृष्णलाई उनकै पूर्वकर्मचारीले पेडामा विष मिसाएर खुवाएको तथ्य फेला

काठमाडौं  : आचार्य बालकृष्णलाई उनी निकटकै पूर्वकर्मचारीले पेडामा विष मिसाएर खुवाएको तथ्य फेला परेको छ ।

कृष्णजन्माष्टमीको दिन गुरुको हैसियतले एक पाटेट पेडा लिएर हरिद्वारस्थित निवासमा आएका ती कर्मचारीले धेरै पेडामध्ये आफ्नै हातले विष मिलाएको पेडा खान दिएको खुलेको छ ।

केही वर्षसम्म पतञ्जली योगपीठको मुख्यालयमा कार्यरत अग्रवाल थरका पूर्व कर्मचारीले सो दिन बालकृष्णलाइ पेडा खुलाएर हत्या प्रयास गरेको खुलेको हो ।

आचार्य बालकृष्णलाई हरिद्वारमा भेट गरी फर्किएका पतञ्जली योगपीठ नेपाल ट्रष्टी इञ्जिनियर शालिकराम सिंहले पेडामा विष खुवाउने पूर्वकर्मचारीलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढको बताएको छ।

हत्या प्रत्यासबाट जोगिएका आचार्य बालकृष्ण यही भदौं १८ गते नेपाल आउन लागेका छन् । नेपालमा पनि उनको स्वास्थ्यबारे चासो भएकाले नेपाल नेपाल आउन लागेका हुन् ।

                                                                                                                                  नेपाल समाचारपत्र दैनिकबाट साभार

प्रकाशित मिति: Aug 29, 2019

प्रतिक्रिया दिनुहोस्