Logo
११ बैशाख २०८१, मंगलबार
(August 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सलमानको दरियादिली :  फुटपाथमा गीत गाउने रानूलाई दिए ५५ लाखको घर उपहार

पछिल्लो समय भारतमा रानू मण्डल नामक महिला एकदम चर्चामा आएकी छिन् । इन्टरनेट सनसनी रानूले रल्वे स्टेशनमा लता मंगेश्वरले गाएको सन् १९७२ को फिल्म ‘शोर’को गीत ‘एक प्यार का नगमा है’ गाएर एकाएक चर्चामा आएकी हुन् । उनी बलिउड गायकका नजरमा समेत पर्न सफल भइन् ।

उनलाई केही दिन अघिमात्र संगीतकार- अभिनेता हिमेश रेशमियाले उनलाई बलिउडमा गीत गाउने मौका दिएका थिए । त्यतिमात्र नभएर, हिमेशले रानूलाई आफू जज रहेको सोनी टेलिभिजनको रियालिटी शो सुपर सिंगरमा विशेष अतिथिका रुपमा बोलाएर गीत गाउन लगाएका थिए ।

यसैक्रममा भारतको ‘न्यूज १८’ ले सलमानले रानूलाई बस्नका मुम्बईमा ५५ लाखको घर उपहार दिएको उल्लेख गरेको छ । रानूको आवाजबाट प्रभावित भएर सलमानले आफ्नो फिल्म दबंग-३ मा उनको स्वरमा एक गीत समेत रेकर्ड गराउने भएका छन् ।

रानूले सुपर सिंगर कार्यक्रममा रेल्वे स्टेशनमा गाउनुको बाध्यता पनि खुलाइन् । ‘म रेल्वे स्टेशनमा गाउथें । किनकी मसँग बस्न घर थिएन । गीत गाएरै पेट पाल्थें । कोही विस्कुट दिन्थे त कोही पैसा’ उनले भनिन् ।

सामाजिक सञ्जालकै कारण अहिले रानूको भाग्य चम्किएको छ । पुरै जीवन गरिबीमा बिताएकी उनको भाग्य केही मिनेटको भिडियोले चम्काएको हो ।

प्रकाशित मिति: Aug 28, 2019

प्रतिक्रिया दिनुहोस्