Logo
६ बैशाख २०८१, बिहीबार
(August 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अलग रोलमा देखिँदै आयुष्मान्, फिल्म ‘बाला’को टिजर सार्वजनिक

बलिउडका चर्चित र जल्दोबल्दो अभिनेता आयुष्मान् खुरानाको फिल्म बालाको टिजर सार्वजनिक भएको छ । उनी यस फिल्ममा अलग हट्के अवतारमा देखिनेछन् ।

फरक जनराको फिल्म गर्न रुचाउने आयुषमान पछिल्लो समय बलिउडका व्यस्त अभिनेता बनेका छन् । उनी यस फिल्ममा अलग रोलमा तालु खुइलेको अवतारमा देखिएका छन् ।

दिनेश भिजनले निर्माण गरेको यस फिल्ममा आयुषमानको अपोजिट भूमी फेडनेकर र यामी गौतम देखिने छन् । टिजरमा दुई गीतमात्र देखाइएको छ जहाँ उनको शिर तालु खुइले देखाइएको छ । यो फिल्म २२ नोभेम्बरमा रिलिज हुँदैछ ।

प्रकाशित मिति: Aug 28, 2019

प्रतिक्रिया दिनुहोस्