Logo
१२ बैशाख २०८१, बुधबार
(August 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्णाली प्रदेशबाट दुखःद खबर : सुर्खेतमा बस दुर्घटना हुँदा ३ को मृत्यु, २७ घाइते

कर्णाली प्रदेश स्थित जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको बस बुधबार बिहान रत्न राजमार्गअन्तर्गत पर्ने भेरीगङ्गा नरगपालिका-५ स्थित हर्रेमोडमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ना४ख ९३१७ नंको बस अन्दाजी बिहान साढे ३ः०० बजे दुर्घटना हुँदा एकको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा कोहल्पुर मेडिकल कलेजमा मृत्यु भएको हो ।

मृतकमध्ये दुई महिला र एक पुरुष छन् । त्यस्तै २७ यात्रु घाइते छन् । घाइतेहरुको भेरीगङ्गा नगरपालिकास्थित मेडिकल र कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

सुर्खेतका प्रहरी नायब उपरीक्षक रवि रावलले मृतकको सनाखत हुन बाँकी रहेको बताए । दुर्घटनाको कारण खुल्न नसके पनि तीव्रगतिका कारण हुनेसक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति: Aug 28, 2019

प्रतिक्रिया दिनुहोस्