Logo
८ बैशाख २०८१, शनिबार
(August 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१० वर्षपछि अभिनेता सञ्जय दत्तको राजनीतिमा वापसी

मुम्बई :  बलिउड अभिनेता सञ्जय दत्त राजनीतिमा सामेल हुन लागेका छन् । सञ्जय दत्त राजनीतिमा फर्कन लागेको कुरा राष्ट्रिय समाज पक्षका संस्थापक एवम् क्याबिनेट मन्त्री महादेव जानकरले दावी गरेका छन् ।

आरएसपी महाराष्ट्र सत्तारुढ भाजपाको सहयोगी पार्टी हो । अभिनेता दत्त लगभग १० वर्षपछि २५ सेप्टेम्बरमा आफ्नो पार्टीमा सामेल हुन लागेको मन्त्री महादेवको भनाई उदृत गर्दै भारतीय सञ्चार माध्यमले लेखेका छन् ।

मन्त्रीका अनुसार आफ्नो पार्टीलाई विकास गर्न फिल्म क्षेत्रमा काम गर्न शुरु गरेको जानकारी दिए । उनका अनुसार सञ्जय दत्त आफ्नो पार्टीमा प्रवेश गर्न लागेको पक्का भइसकेको छ ।

सन् २००९ मा समाजवादी पार्टीको टिकट पाएका सञ्जय दत्तले लखनउबाट उम्मेदवारी दिए पनि पछि फिर्ता लिएका थिए ।

प्रकाशित मिति: Aug 27, 2019

प्रतिक्रिया दिनुहोस्