Logo
१५ चैत्र २०८०, बिहीबार
(August 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आपसी सहमतिमा प्रदेशकोे नामाङ्कन र राजधानी टुङ्गो लगाउँछौं : मुख्यमन्त्री पोखरेल

गुल्मी : प्रदेश-५ का मुख्यमन्त्री शंकर पोखरेलले आपसी सहमतिमा प्रदेशको नामाङ्कन र राजधानीको टुङ्गो लगाउने बताएका छन् ।
गुल्मीको सदरमुकाम तम्घासमा मंगलवार आयोजित पत्रकार भेटघाटमा मन्त्री पोखरेलले उपयुक्त स्थानबारे विज्ञहरुले अध्ययन गरिरहेकाले प्रदेशको राजधानी यसै वर्ष्भित्रै टुङ्गो लाग्ने बताए ।

पहिलो वर्ष संघीयता कार्यान्वयनको वर्ष भएको भन्दै मन्त्री पोखरेलले अब विकासको आधार बर्षको रुपमा जनताले उपलब्धि पाउने बताए । संविधानको मूलमर्म अनुसार संघीयता कार्यान्वयन गर्नुपर्ने भएकाले केन्द्र, प्रदेश र स्थानिय तहमा संघीयता कार्यान्वयन सफल रुपमा अघि बढेको उनले बताए ।

वितेको वर्ष कानुन निर्माणको वर्ष भएको र ढिलो रुपमा प्रशासनिक संरचना प्राप्त भएपनि संघीयता कार्यान्वयन गर्ने सवालमा प्रदेश ५ पहिलो प्रदेश भएको उनले बताए । संविधान जारी हुनु अघि नेपालको कुल ग्राहस्थ उत्पादन वृद्धि दर ४ प्रतिशत रहेको र संविधान र संघीयता कार्यान्वयन पछि वृद्धि दर ६ प्रतिशत भन्दा माथि पुगेको उनले बताए ।

सरकारले सुधारका कार्यक्रमहरु अगाडि बढाइरहेकाले ‘सुखी नेपाली समृद्ध नेपाल’को नारा पूरा गर्ने गरी काम भइरहेको बताए । प्रदेश ५ ले आगामी ३ वर्ष्भित्र सबैलाई खानेपानी पुर्याउने गरी प्राथमिकतामा राखेर काम अघि बढाएको उनले बताए । गुल्मी जिल्लामा २ वर्ष्भित्र सबै क्षेत्रमा खानेपानी पु¥याउने लक्ष्य रहेको मुख्यमन्त्री पोखरेलको भनाइ छ ।

प्रकाशित मिति: Aug 27, 2019

प्रतिक्रिया दिनुहोस्