Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Samsung Note Galaxy 10 नेपाली बजारमा, विशेषतासहित हेर्नुहोस् यसको मुल्य ?

काठमाडौं :  सामसुङले आफ्नो लेटेस्ट मोडल samsung note galaxy 10 र samsung note galaxy 10 plus नेपाली बजारमा ल्याएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गरी सामसुङले आफ्नो नयाँ स्मार्ट फोन आजैबाट उपलब्ध हुने बताएको हो ।

बेस्ट-अफ-द-बेस्ट प्रविधि एवं सुविधाहरूका साथ samsung note 10 स्मार्ट फोन नेपाली बजारमा आएको हो । यसको सोफेस्टीकेटेड डिजाइनले प्रयोगकर्तालाई बेग्लै अनुभव प्रदान गर्दछ । samsung note galaxy 10 मोबाइल फोन सिल्क, स्लिम तथा डिस्ट्र्याक्सन -फ्रि बन्न पुगेको छ ।

यसले गर्दा प्रयोगकर्तालाई आइडिया, प्रोजेक्ट तथा कन्टेन्टका विषयमा अझ धेरै आकर्षित बनाउने छ । ग्यालेक्सी नोट १० को डिस्प्ले सामसङको अहिलेसम्मकै उत्कृष्ट रहेको कम्पनीको दावी छ । भौतिक निर्माणदेखि लिएर यसको अन्तरनिहीत प्रविधिको प्रयोग गरी प्रयोगकर्ताहरुले आफ्नो मनपरेको टिभी, मुभी तथा गेम खेल्न सक्नेछन् ।

Features of samsung note galaxy :

-10 memory 128GB 8GB RAM, 512GB 8GB RAM
-camera triple 12MP, 12MP, 16MP
-fingerprint
-battery-3400MAH

Features of samsung note galaxy 10 plus :

-Memory 128GB, 8GB RAM, 512GB, 8 GB RAM, 1TB 12GB RAM
-Depth-sensing camera
-Quard camera
-16-megapixel ultra wide-angle lens
-12-megapixel wide-angle lens (main, dual-aperture camera)
-12-megapixel telephoto lens
-10-megapixel front-facing camera

नेपाली बजारमा samsung note galaxy 10 को मूल्य १ लाख १६ हजार तथा samsung note galaxy 10 plus को मूल्य १ लाख ३५ हजार तोकिएको छ । यी दुबै सेटको यही अगष्ट महिनाको २६ तारिखदेखि उपलब्ध हुनेछ ।

ग्यालेक्सी नोट १० Aura Black, Aura Glow तथा ग्यालेक्सी नोट १० प्लस Aura Black, Aura Glow, Aura White गरी विभिन्न आकर्षक रंगमा उपलब्ध छ । यी सेट नेपाल अधिराज्यका आधिकारिक आउटलेटहरुमा प्राप्त गर्न सकिने छ ।

 

प्रकाशित मिति: Aug 27, 2019

प्रतिक्रिया दिनुहोस्