Logo
७ बैशाख २०८१, शुक्रबार
(August 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कालिकोटमा भीषण पहिरो : स्थानियवासी त्रसित, २४ घर विस्थापित

कालिकोट : जिल्लाको तिलागुफा नगरपालिका-७ को ढाडगाउँमा पहिरो जाँदा स्थानियवासी त्रसित बनेका छन् ।

सोमबार बेलुका आएको बाढी र पहिरोबाट तिलागुफा नगरपालिका–७ को ढाडगाउँका २४ घरपरिवार विस्थापित भएका हुन् ।

पहिरोका कारणले ४ घर पूरै क्षति पुगेको अन्य २० घर निकै जाखिममा रहेको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताए ।

‘सोमबार बेलुका ५ बजे बाढी पहिरो आएको कारणले मानवीय क्षति भएन’ उनले भने, ‘धनमालको ठूलो क्षति भएको छ।’ बाढी र पहिरोका कारणले बालीगाड लघु जलविद्युत् आयोजना भत्किएको र राजमार्ग अवरुद्ध भएको नगर प्रमुख शाहीले बताए।

पहिरोका कारणले जोखिममा परेका घर परिवारहरुको अहिले राहत तथा उद्दारको काममा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाली प्रहरीको टोली खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: Aug 27, 2019

प्रतिक्रिया दिनुहोस्