Logo
६ बैशाख २०८१, बिहीबार
(August 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घरको छतबाट लडेर भारतीय कामदारको मृत्यु

वीरगन्ज :  प्रदेश नम्बर २ स्थित एक भारतीय कामदारको घरको छतबाट लडेर मृत्यु भएको छ । वीरगन्जमा डकर्मीको रुपमा कार्यरत २२ वर्षीय नजरे आलमको २ तले घरको छतबाट खसेर मृत्यु भएको हो ।

भारतीय राज्य बिहारअन्तर्गत बेतिया मझबलिया घर भइ वीरगन्जको बेल्वा टोलमा रहेको पल्पस फ्याक्ट्रिमा कार्यरत आलम काम गर्ने क्रममा घरको छतबाट खसेका थिए ।

छतबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा वीरगन्जस्थित गण्डक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति: Aug 27, 2019

प्रतिक्रिया दिनुहोस्